१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुई दिने औपचारिक भ्रमणका लागि दिल्ली पुगेका छन् ।

भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरेका थिए ।

श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्यको एक रूप (गरबा) प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिङ्घे भारतको औपचारिक भ्रमणमा जुटेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिङ्घेको भ्रमणले भारत र श्रीलङ्काबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउने बताएका छन् ।

विक्रमासिङ्घेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो । अरिन्दम बागचीले ट्वीटरमा लेखेका छन्, “श्रीलङ्काका राष्ट्रपतिको कार्यभार सम्हालेपछि विक्रमासिङ्घेले पहिलो पटक भारत भ्रमणमा आउनुभएकोमा हार्दिक स्वागत छ । यो भ्रमणले दुई मुलुकबीचको बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउनेछ ।”

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति विक्रमासिङ्घेले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भारतीय विशिष्ट व्यक्तिसँग पारस्परिक हितका विविध विषयमा छलफल गर्नेछन् ।