बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । विगत तीन वर्षदेखि काभ्रेका किसानले उत्पादन गरेको कफी हिमालयन लक्जरी विन्स कम्पनीले जापान निर्यात गरिरहेको छ ।
यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताए । अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उनले जानकारी दिए । किसानले उत्पादन गरेको कफीलाई सुरुमा त्यही प्रशोधन गर्ने र पूर्ण रुपमा बनेपामा ल्याएर प्रशोधन गर्ने गरेको उनले बताए ।
“व्यावसायिक रुपमा उत्पादन कम भएकाले पनि उत्पादन गरेको कफी वार्षिक एक हजार पाँच सय केजी निर्यात गर्दै आएका छौँ”, लामाले भने, “हामीले पहिलादेखि विशेषगरी फोक्सिङटारको ठूलो पोखरामा उत्पादन गरेको कफी निर्यात गर्दै आएकामा पछिल्लो समयमा कोशीपारिको चौँरीदेउराली र खानीखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कफीलाई पनि निर्यात गर्दै आएका छौं । जसबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको छ ।”
उनका अनुसार कफी राम्रो भएकाले पनि जापनिजहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । “किसानले जति उत्पादन गरे पनि हामीले सबै खरिद गरेर उहाँहरुलाई पैसा दिन्छौँ”, उनले थपे, “त्यसका लागि कसरी टिप्नेदेखि प्रशोधन कसरी गर्ने, बजारसम्म कसरी सुरक्षित लाने भन्ने विषयमा समेत किसानलाई तालिम दिने गरेको छ ।”
डाँडापारिको ठूलो पोखरामा फल पाकेपछि टिपेर बोक्रा फाल्ने पल्पिङ सेन्टरसमेत स्थापना गरेको छ । जहाँबाट उत्पादन भएको कफी प्रशोधन गरी बनेपामा ल्याउने गरिएको छ । किसानको बारीबाट टिपेर ‘पल्पिङ’ गरेको कफीको प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म गुणस्तर हेरेर तिर्ने गरेको संस्थाले जनाएको छ ।
सुरुमा केही किसानलाई निःशुल्क बिरुवा वितरण गर्नाका साथै रोप्ने, गोडमेल गर्ने र त्यसको फललाई सुरक्षित रुपमा टिप्ने विधिसमेत सिकाइएको थियो । एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी दिने गरेको छ । एक रोपनीमा २५ देखि ३० हजारसम्म कमाई हुने गरेको किसानहरुको भनाइ छ । जापानको बजारमा अरू देशको कफीको तुलनामा महँगोसमेत रहेको जनाएको छ ।
नेपालमा माइला दाइ भनेर परिचित जापानका यशुके कुशेहवाको नेतृत्वमा कफी निर्यात हुँदै आएको छ । त्यसका लागि उनले गाउँगाउँमा जाने कफी उत्पादन किसानलाई तालिम दिने, प्रशोधनको विधि, त्यसबाट गुणस्तर कफी बनाउन कसरी काम गर्ने भन्ने विधिसमेत सिकाउँदै आएका छन् । आफूले कामको सिलसिलमा नेपालको ग्रामीण भेगमा पनि जाने अवसर पाएको र त्यहाँ कफी उत्पादन राम्रो देखिपछि जापान लाने काम गरेको उनको भनाइ छ । अध्ययनका क्रममा कफीका लागि काभ्रेपलाञ्चोकपछि इलाम राम्रो पाएको उनको भनाइ छ ।
कफीले राम्रो भाउ पाएपछि महाभारत गाउँपालिकाका किसानहरु यस खेती गर्न अग्रसर भएका छन् । महाभारत गाउँपालिकाले पनि कफीबाट राम्रो आम्दानी हुने देखिएपछि किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गरेर आम्दानीको वैकल्पिक स्रोतका रुपमा विकास गर्न लागेको छ ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउनका लागि किसानलाई अनुदान दिने गरेको बताए । आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन २०७९/८० मा एक लाखवटा कफीको बिरुवा निःशुल्क रुपमा वितरण गरेको उनले बताए ।