बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका लागि उदारवादी उम्मेदवार पिता लिम्जारोएनरतले आगामी हप्ता संसदले आफूलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन नगरे आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने बताएका छन् ।
पिताको मुभ फरवार्ड पार्टी (एमएफपी)ले मे महिनामा भएको निर्बाचनमा सबैभन्दा बढी सिट जितेको थियो । राज्यमा नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि थाई युवाहरू आतुर र उत्साहित भएका थिए।
तर हार्वर्ड विश्वविद्यालयमा पढेका पिताले नयाँ सरकारको नेतृत्व गर्ने अभियानलाई बिहीबार संसद्मा भएको मतदानमा सिनेटरहरू असफल बनाइदिएका थिए । उनले मानहानीसम्बन्धी व्यवस्था भएको कडा थाई कानूनमा सुधार गर्ने आफ्नो प्रतिज्ञालाई कार्यान्वयनमा लाने बताएका थिए ।
नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिकामा बुधबार दोस्रो मतदान हुँदैछ र पिताले गठबन्धनका साझेदार फेउ थाईका उम्मेदवारलाई आवश्यक मत प्राप्त गर्न असफल भएमा आफूले समर्थन गर्ने बताए ।
‘हामी सफल हुन सकेनाौं । यसका लागि म माफी माग्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सम्बोधनमा भनिएको छ ।
‘म थाइल्याण्डलाई मौका दिन तयार छु र दोस्रो मत प्राप्त गर्ने पार्टीलाई मौका दिन तयार छु । गठबन्धन बनाउन एक हुनुहोस् ।’
पहिलो मतदानमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आवश्यक पर्ने ३७५ सांसदमध्ये पितालाई ५१ मत पुगेको थिएन ।
केवल १३ सिनेटरहरूले उहाँको पक्षमा मतदान गरेका थिए । धेरैले राज्यको शाही मानहानीसम्बन्धी कानूनलाई नरम पार्ने एमएफपीको प्रतिज्ञाको विरोध गरेका थिए ।
पहिलो मतदान पछि, पार्टीले कानूनमा प्रस्तावित संशोधनहरूमा सम्झौता गर्न अस्वीकार गरेको छ । प्रस्तावित संशोधनले हाल राजतन्त्रका दोषी आलोचकहरूलाई १५ वर्षसम्म जेल सजाय दिन अनुमति दिन्छ ।