१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबारबाट फ्रान्सको भ्रमण छन् ।

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुनेछ ।

कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय हिन्दू राष्ट्रवादी नेता मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै उनलाई ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएपछि हुन लागेको यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको हार्दिक स्वागतसँगै नयाँदिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुनेछ ।

युक्रेनमा युद्ध र भारतमा मानवअधिकारको विषयमा मतभेद भए पनि दुवै देशले चीनसम्बन्धी आपसी चासोका कारण पारस्परिक सम्बन्धलाई अझ गहिरो बनाउनेमा बिमति हुँदैन ।

भारत हिन्द–प्रशान्त रणनीतिको एक सबल स्तम्भ भएको राष्ट्रपति म्याक्रोनका एक सहयोगीले भनेका छन् । प्रधानमन्त्री मोदीलाई फ्रान्सेली राष्ट्रपतिले शुक्रबार हुने राष्ट्रिय दिवसको सैन्य परेडमा विशेष अतिथि बनाएका छन् । परेडमा भारतीय सेना र भारतीय–फ्रान्स–निर्मित लडाकु विमान पनि सहभागी हुँदैछन् जसले दुई देशबीचको घनिष्ठ सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्छ ।

भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्ताहरू मध्ये एक हो । प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए भने यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका थप २६ समुद्री संस्करणको खरिदका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गरेका हिन्दुस्तान टाइम्स दैनिकले जनाएको छ ।

नयाँदिल्लीले आफ्नो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्न खोजिरहेको छ । हिमालय क्षेत्रतिरको आफ्नो सीमानामा चीनसँग बढ्दै गएको विवादलाई लिएर चिन्तित भारतले आधुनिक उपकरणको जोहो गर्नु सामान्य हो ।