बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढी पहिरामा परी कम्तिमा २९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
बाढी पहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक अवरुद्ध भएका कारण धेरै क्षेत्रहरू अगम्य बनेका सरकारी अधिकारीहरूले बताएका छन् ।
सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाचल प्रदेशको पहाडी भेगमा मूसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको पाइएको छ ।
“विगत दुई दिनमा, हिमाचल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,“ राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भनेका छन् । राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रहमा थप नौ जनाले ज्यान गुमाएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन ।
यसैबीच, एएनआईका अनुसार पञ्जाब, उत्तराखण्ड र हिमाचल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय आपद् प्रतिकार्य बल (एनडीआरएफ) ११ टोली तैनाथ गरिएका छन् । लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चाल गर्न सकिएको छैन । तर एनडीआरएफका कर्मचारीले हरसंभव काम गरिरहेका छन् ।
वर्षाका बीच र राति पनि उद्धारलाई जारी राखिएको, पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राज्य प्रशासनका उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रदान गरिएको छ । अलपत्र परेका मानिसहरूलाई पनि एनडीआरएफका जवानले उद्धार गरिरहेका छन् ।