१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री सरिफको निमन्त्रणामा संसद्का तीन सदस्यसहित स्वीस विदेशमन्त्री तीनदिने पाकिस्तान भ्रमणमा गत शुक्रबार इस्लामावाद पुगेका हुन् । भेटमा प्रधानमन्त्री सरिफले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई पाकिस्तानले उच्च महत्व दिएको बताएका सिन्ह्वाले जनाएको छ ।

दुवै पक्षले विशेषगरी जलवायु परिवर्तन, व्यापार तथा लगानी, विकास सहयोग, उच्च शिक्षा र व्यावसायिक तालिमका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका प्रधानमन्त्रीको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले स्वीस व्यवसायको समस्या समाधान गर्ने दृष्टिकोण र तिनीहरूको कार्य नैतिकताको प्रशंसा गर्दै थप स्वीस कम्पनीहरूलाई पाकिस्तानमा लगानी गर्न आमन्त्रणा गरे । उनले विशेष गरी नवीकरणीय ऊर्जा र सूचना प्रविधिको क्षेत्रमा स्वीस लगानी आह्वान गरेका थिए ।

प्रधानमन्त्री सरिफले सन् २०२२ मा बाढीबाट आहत भएको पाकिस्तानलाई सहयोग गरेकामा स्वीस सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।