१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । बीबीसीका एक जना प्रस्तोता निलम्बनमा परेका छन् ।

एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको हो ।

यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टीम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताइन् ।

बीबीसीका एक प्रस्तोताले आफ्नो बच्चालाई तीन वर्षको अवधिमा ४५ हजार अमेरिकी डलरभन्दा बढी रकम तिरेको ती युवतीकी आमालाई उद्धृत गर्दै द सन पत्रिकाले जनाएको छ ।

गत मे महिनामा भुक्तानी सुरु हुँदा १७ वर्षका भनिएका ती युवतीको परिवारले बीबीसीमा उजुरी गरेपछि पनि प्रस्तोता एक महिनासम्म प्रसारणमा आएको दाबी गरिएको छ ।

बीबीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘पहिलो पटक मे महिनामा उजुरीबारे थाहा पाएको’ पुष्टि गरेको छ ।

“बिहीबार हामीमाथि फरक प्रकृतिको नयाँ आरोप लगाइएको छ र हाम्रो आफ्नै सोधपुछका अतिरिक्त हामी हाम्रो प्रोटोकलअनुसार बाह्य अधिकारीहरूसँग पनि सम्पर्कमा छौं,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आरोपित कर्मचारीका रूपमा काम गर्दै आएका एक पुरुष सदस्यलाई निलम्बन गरिएको छ ।”