१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको दाबी गरेका छन् ।

बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको उनको भनाइ छ ।

बेलारूसका राष्ट्रपति लुकाशेन्कोले भने, ‘जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ । उहाँ बेलारूसमा हुनुहुन्न ।”

मिन्स्कस्थित प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टा लामो गोलमेच वार्तापछि बेलारूसलगायत अन्तर्राष्ट्रिय पत्रकारसँग कुरा गर्दै उनले प्रिगोजिन स्वतन्त्र व्यक्ति भएको भन्ने कुरा आफूलाई निश्चित रूपमा थाहा भएको बताए । ‘मैले हिजो उहाँसँग फोनमा कुरा गरेको थिएँ’ उनले भने ।

क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारूस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारूसमा शिविर स्थापना नगरेको उनको दाबी थियो । ‘अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन’ उनले भने, ‘यो निर्णय उहाँको होइन, मस्कोको हो ।”

प्रिगोजिनले २३ जुनमा रूसको सैन्य नेतृत्वविरुद्ध विद्रोह सुरु गरेको घोषणा गरेको विद्रोहसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वलाई सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए ।