१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टाेकियाे । जापानको राजधानी टोकियोको सिम्बासी नजिकै सोमबार दिउँसो विस्फोट भएको छ ।

स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे भएको विस्फोटमा परेर दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी घाइते भएका छन् ।

स्थानीय प्रहरी विभागका अनुसार जेआर सिम्बासी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विस्फोटपछि आगलागी भएको थियो । विस्फोटमा चार जना सामान्य घाइते भएका टोकियो नगर प्रहरी विभागले जनाएको छ ।

विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो तल्लाको एउटा कोठाबाट धेरै टुक्राहरू उडिरहेको देखिएको थियो। आगो तीव्र गतिमा फैलनुअघि ग्यासको हल्का गन्धसँगै कोठामा धुवाँको मुस्लो देखिएको स्थानीयले बताएका जापान टाइम्सले लेखेको छ ।

घटनामा घाइते भएका व्यक्तिहरूको कपाल र लुगाहरू आंशिक रूपमा जलेका छन् ।

अग्नि नियन्त्रक विभागका अनुसार भवनको दोस्रो र तेस्रो तल्ला पूर्णरूपमा जलेको छ भने आगो निभाउन करिब ३१ वटा दमकल पठाइएको छ ।

घटनास्थल टोकियोको प्रमुख इन्टरचेन्ज रेलवे स्टेशनहरू मध्ये एक र गिन्जा किनमेल क्षेत्रबाट केवल १० मिनेटको पैदल दूरीमा धेरै कार्यालय, रेस्टुरेन्ट र आवासीय क्षेत्र रहेको शिम्बाशी स्टेशनको ३०० मीटर पश्चिममा पर्छ । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।