१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ । उनले बेलायत र फिनल्यान्डमा हुने बैठकका लागि युरोपको कूटनीतिक भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

बेलायती राजा चाल्र्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग ‘भेटवार्ता’का लागि राष्ट्रपति बाइडेन जुलाई ९ मा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि उनी भिल्नियसमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने र अन्त्यमा अमेरिका–नर्डिक लिडर्स शिखर सम्मेलनका लागि हेलसिन्की प्रस्थान गर्नेछन् ।

पश्चिमी राष्ट्रहरूको सहयोगमा पूर्वी युरोपेली मुलुक युक्रेनले रुसी आक्रमणविरुद्ध लडिरहेको अवस्थामा युक्रेनको सदस्यता प्रक्रियालाई आगामी शिखर सम्मेलनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा गठबन्धन लगभग एकमत भएको अमेरिकाले जनाएको छ ।

ह्वाइट हाउसले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्चर्सनलाई वासिङ्टनमा स्वागत गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले भिल्नियसमा हुने वार्ताअघि स्टकहोम नेटो गठबन्धनमा सामेल हुने बताएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेको तीन महिनापछि स्वीडेनले मे २०२२ मा नेटोमा सामेल हुन आग्रह गरेको थियो तर ३१ वटै सदस्य राष्ट्रले अनुमोदन गर्नुपर्ने यसको सदस्यता प्रयासलाई टर्की र हंगेरीले रोकेका छन् ।