१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । वाग्नर समूहले पैसा लिएर घोषणा गरेको विद्रोहबाट पछि हटेकाे आरोप लागेको छ ।

वाग्नरको संक्षिप्त विद्रोहपछि मस्कोको नयाँ आख्यानले आकार लिइरहेका बेला एक शीर्ष रूसी प्रचारकले आइतबार वाग्नरका मालिकले अर्बौं सार्वजनिक कोष प्राप्त गरेपछि ‘रेलको लिकबाट बाहिरिएको’आरोप लगाएका हुन् ।

गत हप्ता वाग्नर भाडाका सैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनले रूसका उच्च सैन्य अधिकारीहरूविरुद्ध अल्पकालीन विद्रोहमा आफ्नो सेनाको नेतृत्व गरेका थिए ।

रूसी प्रोपोगान्डा कार्यक्रमका मुख्य अनुहार मध्येका एक दिमित्री किसेलेभले आइतबार आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा भने, “प्रिगोजिन ठूलो पैसाका कारण रेलबाट बाहिरिएका छन् । उनले रक्षा मन्त्रालय, राज्य स्वयं र राष्ट्रपतिलाई व्यक्तिगत रुपमा चुनौती दिन सक्ने ठानेका थिए । नसकेपछि उनी बाहिरिएका छन् ।”

किसिलेभले भने, “सिरिया र अफ्रिकामा वाग्नरको अभियानले प्रिगोजिनलाई दण्डहीनताको भावना दिएको थियो र पछि पूर्वी युक्रेनमा उनको भूमिकालाई उनको सेनाको युद्धभूमि सफलताले बलियो बनायो ।

Russia Ukraine In this image from video, residents of the southern Russian city of Rostov take photos of an armored vehicle in the street as they talk with military personnel on Saturday, June 24, 2023. Earlier in the day, the head of the Wagner group, mercenary leader Yevgeny Prigozhin said he had ordered his personnel to halt their march on Moscow to avoid shedding Russian blood. (AP Photo/APTN)
In this image from video, residents of the southern Russian city of Rostov take photos of an armored vehicle in the street as they talk with military personnel on Saturday, June 24, 2023. Earlier in the day, the head of the Wagner group, mercenary leader Yevgeny Prigozhin said he had ordered his personnel to halt their march on Moscow to avoid shedding Russian blood. (AP Photo/APTN)

किसिलेभले वाग्नेरले राज्यकोषबाट ८५८ अर्ब रुबल (९.७ अर्ब अमेरिकी डलर) भन्दा बढी रकम प्राप्त गरेको दावी गरे । यद्यपि यसलाई पुष्टि गर्ने बलियो तर्क भने उनले पेश गरेनन् ।

यसै साताको सुरुमा राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक रूसी अधिकारीहरूले अर्धसैनिक संगठनलाई ‘पूर्ण रूपमा’ आर्थिक सहयोग गरेको बताएका थिए ।

मे २०२२ देखि मे २०२३ को बीचमा वाग्नरले रूसी राज्यबाट ८६ अर्ब रूबलभन्दा बढी रकम प्राप्त गरेको पुटिनले बताएका छन् ।

रूसी कानुनले निजी भाडाका समूहलाई प्रतिबन्धित गरेको छ ।

वासिङ्टन र ब्रसेल्सको प्रतिबन्धका कारण प्रिगोजिनले वर्षौंदेखि छायाँमा काम गर्दै आएका थिए तर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि उनी चर्चामा आएका थिए ।

उनले रूसी सेनाले पूर्वी युक्रेनको वाग्नरबाट प्राप्त विजय ‘चोर्न’ खोजेको आरोप लगाउँदै मस्कोको ‘कर्मचारीतन्त्र’को आलोचना गरेका थिए ।

प्रिगोजिनलाई जेलबाट लडाकु भर्ती गर्न अनुमति दिइएको थियो र मार्चमा, रूसी संसदले वाग्नर जस्ता ‘स्वयंसेवी समूहहरू’ को आलोचना गर्नेहरूका लागि लामो जेल सजाय लागू गर्ने कानून पारित गरको थियो ।

धेरै राजनीतिक पर्यवेक्षकहरूले प्रिगोजिनको विद्रोहको प्रयासलाई पुटिनको सत्तामा पकड कमजोर हुँदै गएको सङ्केतको रूपमा हेरेका छन् । तर मस्कोका अधिकारी र प्रचारकहरूले भने रूसीहरू पुटिनको पक्षमा उभिएको दाबी गरेका छन् ।

रूसको संसदको तल्लो सदनका सभामुख व्याचेस्लाभ भोलोडिनले आइतबार लेख्नुभएको छ, “पुटिन ‘यो अत्यन्त कठिन परिस्थिति’बाट अझ सशक्त रुपमा बाहिर निस्केका छन् ।” भोलोडिनले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, “उनले रक्तपात रोक्नका लागि सबै प्रयास गरे ।”

उनले भने, “यदि सन् १९१७ र १९९१ मा पुटिनजस्ता व्यक्ति राज्यको बागडोर सम्हालेको भए त्यहाँ कुनै क्रान्ति हुने थिएन र सोभियत संघको पतन हुने थिएन ।”

वाग्नर समूह बिद्रोहबाट पछि हटेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशवासीका नाममा सम्बोधन गर्दै वाग्नरका सैनिकहरू देशभक्त भएको बताएका थिए ।