बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशवासीका नाममा सम्बोधन गरेका छन् । वाग्नर समूह विद्रोहको धम्कीबाट पछि हटेपछि उनले पहिलोपटक देशवासीका नाममा सम्बोधन गरेका हुन् ।
रुसी टेलिभिजनमार्फत गरिएको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र त्यसमा भाग लिने नेताहरूबारे आफ्नो धारणा राखेका छन् ।
विद्रोहको प्रयासमा संलग्न भाडाका लडाकु समूहका नेताहरूलाई कानुनी कठघरामा ल्याउने उनले चेतावनी समेत दिएका छन् ।
गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै पुटिनले उनीहरूले रुसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहेको आरोप लगाए ।

पुटिनले यो विद्रोहको नेतृत्वकर्तालाई कानुनको कठघरामा ल्याएरै छोड्ने बाचा दोहोर्याए ।
यद्यपि, पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको संज्ञा दिएका छन् । साथै उनीहरूलाई रुसी सेनामा भर्ती हुन, बेलारुस जान वा आफ्नो घर फर्कन अनुमति दिइने घोषणा पनि गरे ।
‘हामीलाई थाहा छ कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन् । उनीहरूले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन् । युक्रेनसँगको युद्धमा ठूलो रक्तपातबाट बच्न मेरो निर्देशन थियो । जबकि पश्चिमाहरू र युक्रेनले रुसीहरू नै एक अर्कालाई मारुन् भन्ने चाहेका थिए’ पुटिनले भने ।

२४ घण्टाभन्दा कम समयमै विद्रोह अन्त्य गरेर रक्तपात नगरेकोमा वाग्नर समूहलाई रुसी राष्ट्रपति पुटिनले धन्यवाद दिए ।
विभिन्न समाचार एजेन्सीको सहयोगमा