१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । स्वास्थ्य विशेषज्ञ सिगेरु ओमीले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले जापानमा कोरोना भाइरस संक्रमणको नवौं लहर सुरु भएको हुन सक्ने बताए ।

सरकारको शीर्ष कोरोनाभाइरस सल्लाहकारको रूपमासमेत काम गरिसकेका उनले कमजोर र वृद्ध व्यक्तिहरूलाई कोरोनाबाट जोगाउने जोड दिए ।‘नवौं लहर सुरु भएको हुनसक्छ,’ सिगेरु ओमीले प्रधानमन्त्री फुमियो किशिदासँग भेट गरेपछि पत्रकारहरूसँग भने ।

सरकारले मे महिनामा कोरोनाको तत्कालीन कानुनी स्थितिलाई मौसमी रूपमा समान श्रेणीमा डाउनग्रेड गर्ने निर्णय गरेको थियो ।

अहिले राष्ट्रव्यापी संक्रमण वृद्धिबारे छलफल भइरहेको जापान टाइम्सले लेखेको छ ।

‘मानिसहरू अरूसँग बढ्दो सम्पर्कमा रहेकाले संक्रमणको वृद्धि एक अर्थमा अपेक्षा गरेजस्तै हो,’ ओमीले भने ।