बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । रोमानियामा आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुती दिरहेका बेला चर्चित एवं लोकप्रिय युवा गायक प्रकाश सपुत माथि भएको आक्रमणप्रति कलाकारहरुले चौतर्फी आक्रोश ब्यक्त गरेका छन् ।
सपूतले स्टेजमा गीत गाईरहेका बेला दर्शकदिर्घामा रहेका एक युवाले बोतल प्रहार गरेको घटनाप्रति कलाकारहरुले सामाजिक संजाल मार्फत आक्रोश पोखेका हुन् । फेसबुकमा स्टाटस लेख्दै गायक हेमन्त शर्माले घटनाप्रति दुख ब्यक्त गर्दै ‘छ्या हाम्रो स्तर अनि चेतना’ भनेर लेखेका छन् ।
उनले सपुतलाइ सान्त्वना दिदैं लेख्छन ‘प्रकाश भाइ, आत्मबल नघटाए है । एल्लाई एउटा बेहोशीको दुर्घटनाका रुपमा लिनु है।’
त्यस्तै प्रदेशी गायकको रुपमा चर्चित सूर्य खड्काले फेसबूक मार्फत आक्रमणको निन्दा गरेका छन् । उनी लेख्छन ‘बहुचर्चित गायक प्रकाश सपुत माथि गरिएको आक्रमणको घोर भ्रत्सना गर्दछु।’
त्यस्तै संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लले पनि घटनाप्रति दुख ब्यक्त गर्दै तथ्य छानबिन गर्न माग गरेका छन् । उनि भन्छन ‘प्रकाश सपुत भाइ माथि बोतल प्रहार भयो, यो धेरै दुखद घटना हो, पक्कै दोषी पत्ता लाग्नेछ, यो घटनाको राम्रो संग छानबिन गरियोस।’
यसैगरी प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले पनि घटना प्रति फेसबुक मार्फत आक्रोश पोखेका छन् । उनि लेख्छन ‘गायक प्रकाश सपुत माथि गरिएको घटिया आक्रमणको घोर भ्रत्सना गर्दछु । सत्यतथ्य पत्ता लगाई दोषीलाइ कारवाही गरियोस ।’
त्यस्तै जापानमा रहेका अर्का लोक तथा दोहोरी गायक युवराज आचार्यले पनि घटनाप्रति आक्रोश पोखेका छन् । सपूतले ‘याद नेपाली म्युजिक फेस्टिवल-२’ मा आफ्नो प्रस्तुती प्रस्तुत गरिरहेकाबेला दर्शकदीर्घाबाट उनि माथि बोतल प्रहार भएको थियो ।
घटनाबारे खासै प्रतिक्रिया नदिएका गायक प्रकाश सपुतले ‘कोही पिएको मान्छेले यत्तिकै हानेको’ हुनसक्ने बताए । ‘म अहिले रेस्टमा छु’ सपूतले क्योदाई न्यूज संग संक्षिप्त प्रतिक्रिया दिंदै भने ‘कोही पिएको मान्छेले यत्तिकै हानेको जस्तो लाग्छ।’
आक्रमण पछि सपुतको नाकमा सामान्य चोट लागेको बताइएको छ । ‘उहा संग हामीले कुरा गरेका छैनौ, सायद रेस्ट गरिरहनु भएको होला’ सपुतको पारिवारिक श्रोतले भन्यो ‘उहालाइ सामान्य चोट लागेको र उतिबेलै ट्रिटमेण्ट भैसकेको भनेर प्रिती दिदिले (प्रिती आले) भन्नु भएको थियो ।’
सपूतले भने आक्रमण भएको केही समय पछि स्टेजमा आफ्नो प्रस्तुतिलाइ निरन्तरता दिएका थिए । उनि माथि भएको आक्रमणको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि बिज्ञप्ति मार्फत आपत्ति जनाएको छ।