१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । रुसविरुद्ध विद्रोहमा उत्रेको निजी सैन्य समूह वाग्नरका लडाकूहरू पछि हटेका छन् । विद्रोहको प्रयास भएको २४ घण्टा बित्न नपाउँदै वाग्नर समूह ‘ब्याक’ भएको हो ।
वाग्नरले नियन्त्रणमा लिएको भनिएको रोस्तोभ–अन–डोन शहरबाट लडाकूहरू पछि हट्न थालेका हुन् ।

वाग्नर सेनाका प्रमुख येवगेनी प्रिगोजिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो निर्धारित पदयात्रा रोकेका छन् । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले वग्गनर सेनाका प्रमुखसँग वार्ता गरेपछि उनीहरूले मस्कोतर्फको पदयात्रा रोकेका हुन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नेतालाई राजद्रोहको आरोपबाट बच्न र बेलारूसमा निर्वासन स्वीकार्न सहमत भएपछि वाग्नर भनिने रूसी भाडाका सैनिकहरू आइतबार शिविरमा फर्केका हुन् ।

यो सम्झौताले येभगेनी प्रिगोजिनको निजी सेनाले मस्कोमा आक्रमण गर्न सक्ने तत्कालको खतराको अन्त्य गरेको छ, तर विश्लेषकहरूले वाग्नरको विद्रोहले पुटिनको शासनलाई सोचेभन्दा बढी कमजोर रूपमा उजागर गरेको बताएका छन् ।

मस्कोमा आइतबार पनि ‘आतङ्कवाद विरोधी अभियान’ अन्तर्गत लगाइएका सुरक्षा उपायहरू यथावत् छन् र प्रिगोजिन कहाँ रहेका भन्ने स्पष्ट जानकारी छैन । पछिल्लो निर्णयसँगै अहिले प्रिगोजिनका सेनाले रोस्तोभ सैन्य मुख्यालय छोडेका छन् र मस्कोको उत्तरमा भोरोनिश र लिपेत्स्क क्षेत्रका अधिकारीहरूले वाग्नर एकाइहरू पनि पछाडि फर्केको बताएका छन् ।


वाग्नर लडाकुहरू मस्कोबाट ४०० किलोमिटरको दूरीमा आइपुगेको खबरहरू आएका थिए भने प्रिगोजिन आफैले ‘२४ घण्टामा हामी मस्कोको २०० किलोमिटर टाढा पुगेको’ दाबी गरेका थिए ।
युक्रेनमा रूसी कारबाहीलाई लिएर सेनाका उच्च अधिकारीहरूसँग लामो समयदेखि चलेको विवाद शनिबार वाग्नर सेनाले रोस्तोभ सैन्य शिविर कब्जा गरेर राजधानीतर्फ अघि बढेपछि टुङ्गिएको थियो ।

पुटिनले यस कार्यलाई देशद्रोहको संज्ञा दिएका थिए । साथै उनले अपराधीहरूलाई दण्डित गर्ने प्रतिज्ञा गरेका थिए । उनीहरूले रूसलाई गृहयुद्ध निम्त्याउन खोजेकोे पुटिनको आरोप थियो ।
तर सम्झौतापछि पुटिनले वाग्नर समूह र मस्कोको दशकौंको सबैभन्दा गम्भीर सुरक्षा सङ्कटलाई रोक्नको लागि प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउन सहमत भएका छन् ।

प्रिगोजिनले ‘रूसी रगत बग्न नदिन’ आफ्नो सेना शिविरमा फर्कने आश्चर्यजनक घोषणा गरेको केही घण्टामै क्रेमलिनले पुटिनको पूर्व सहयोगी बेलारुस प्रस्थान गर्ने जनाएको छ ।
रूसले प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउने बताएको छ ।

विश्लेषकहरूले यो सम्झौताले रूसी राष्ट्रपतिको सत्तामा पकडको कमजोरी उजागर गरेको पनि बताएका छन् ।