१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । रुस आन्तरिक समस्यामा परेको छ ।

रुस–युक्रेन युद्ध चलिरहेका बेला निजी सैन्य दस्ता वाग्नर ग्रूपले विद्रोह गरेपछि रुस आन्तरिक उल्झनमा परेको हो ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेयता रुसभित्रको आन्तरिक विवाद पहिलोपटक सार्वजनिक भएको हो ।

युक्रेन युद्धको करिब १६ महिनापछि वाग्नर समूहले रुसको सैन्य नेतृत्वलाई ध्वस्त पार्ने चेतावनी दिएको छ ।

लगतै रूसी विदेश मन्त्रालयले यस विषयमा राष्ट्रपति भ्यादिमिर पुटिनको साथमा रहेको उल्लेख छ ।

मन्त्रालयका तर्फबाट सार्वजनिक बयानमा देशको समाज सशस्त्र विद्रोहलाई पूरै खारेज गर्दै राष्ट्रपति पुटिनको साथमा रहेको जनाइएको छ ।

‘हामी पश्चिमा देशहरूलाई चेतावनी दिन चाहन्छौं कि रुसविरुद्ध आफ्नो उद्देश्य पूरा गर्न घरेलु स्थितिको फाइदा उठाउने कोसिस नहोस्, यस किसिमका प्रयास सफल हुने छैनन् । यस्ता गतिविधिलाई न त रुसको देशभित्र समर्थन मिल्नेछ, न त बाह्य राजनीतिक शक्तिले नै मान्यता दिनेछन्’ बयानमा उल्लेख छ ।