२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

‘सदस्यता प्रमाणिकरण गर्ने कार्यमा केही ढिलाई भएकै हो तर, प्रमाणिकरण हुन बाँकी रहेका सदस्य संख्यालाइ अधार मानेर अधिबेसनको बैधानिकता माथि प्रश्न उठाउन मिल्दैन’ महा-सचिव श्रेष्ठले भने ‘उहाहरुले समयमै प्रक्रिया पुरा गरेको भए यो समस्या उत्पन्न हुने थिएन ।’

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सदस्यता प्रमाणिकरणको काम नसक्दै क्षेत्रहरुको अधिबेसन सुरु भएको छ । गत ११ तारिख क्युस्यु अन्तरगत फुकुओका क्षेत्रीय समितिको अधिबेसन उद्दघाटन भएर चुनावी प्रक्रियामा प्रबेस गरिसकेको छ ।

त्यस्तै ओसाका क्षेत्रीय समितिको अधिबेसन १७ तारिख र नागोया क्षेत्रीय समितिको अधिबेसन १८ तारिख गर्नेगरी तालिका सार्बजनिक भैसकेको छ । तर एनआरएनए जापानको केन्द्रिय समिति (एनसिसि)ले सदस्यता प्रमाणिकरणको अन्तिम लिस्ट आज सम्म निकाल्न सकेको छैन ।

एनआरएनए जापानका महा-सचिव सिद्दार्थ श्रेष्ठले दिएको जानकारी अनुसार ८ हजार दुइ सय २२ जनाले सदस्यताका लागि आबेदन दिएकोमा हाल सम्म ६ हजार ९ सय ३६ जनाको मात्रै सदस्यता प्रमाणिकरण भएको छ । त्यसमध्य १ हजार दुइ सय ६३ जनाको सदस्यता पेण्डिङ्गमा राखिएको छ भने २३ जनाको आबेदन अस्वीकृत भएका छन् ।

एनआरएनए जापानले क्षेत्रीय समितिहरुलाई समयसीमा तोकेर अधिबेसन गर्न निर्देशन दिने र क्षेत्रीय समितिहरुले उपयुक्त समयमा अधिबेसन सम्पन्न गर्ने प्रचलन छ । एनआरएनए जापानले एकातिर क्षेत्रीय समितिहरुलाई समयसीमा तोकेर अधिबेसन गर्न निर्देशन दिएको छ भने अर्कातिर प्रमाणिकरणको प्रक्रियामा रहेका सदस्यहरुलाई यसै महिनाको अन्तिम सम्म प्रक्रिया पुरा गर्न समय दिएको छ ।

‘अहिले सम्म प्रमाणिकरण भएका सदस्य संख्याको आधारमा क्षेत्रलाई अधिबेसन गर्न निर्देशन दिएका हौं’ एनआरएनए जापानका महा-सचिव श्रेष्ठले भने ‘प्रमाणिकरण हुन बाँकी सदस्यहरुले क्षेत्रीय निर्वाचनमा भाग लिन नपाएपनि केन्द्रको निर्वाचन प्रक्रियामा सामेल हुन पाउनेछन ।’ अहिले प्रमाणिकरण भएका सदस्य संख्याको आधारमा अधिबेसन गर्न क्षेत्रहरु सहमत भएपछी अधिबेसन गर्न लागिएको उनको भनाइ छ ।

‘सदस्यता प्रमाणिकरण गर्ने कार्यमा केही ढिलाई भएकै हो तर, प्रमाणिकरण हुन बाँकी रहेका सदस्य संख्यालाइ अधार मानेर अधिबेसनको बैधानिकता माथि प्रश्न उठाउन मिल्दैन’ महा-सचिव श्रेष्ठले भने ‘उहाहरुले समयमै प्रक्रिया पुरा गरेको भए यो समस्या उत्पन्न हुने थिएन ।’

क्षेत्रका अधिबेसन सम्पन्न भएपछि प्रमाणिकृत भएका सदस्यहरुले चुनावी प्रक्रियामा भाग लिन पाउदैनन । त्यसैले पूर्ण रुपमा सदस्यता प्रमाणिकरण गरी सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गरेर मात्रै अधिबेसन सुरु गर्ने सस्थागत अभ्यास छ ।

एनआरएनएको अहिले प्रक्रिया अनुसार क्षेत्रको अधिबेसन सम्पन्न भएपछी सदस्यता प्रमाणिकृत भएका सदस्यहरुले मताधिकार संगै निर्वाचनमा भाग लिन पाउने अधिकार समेत गुमाउनेछन । तर महासचिव श्रेष्ठले भने क्षेत्रमा ति सदस्यहरुले मताधिकार र निर्वाचनमा भाग लिन नपाएपनि केन्द्रमा पाउने तर्क गर्छन ।

अहिलेको प्रक्रिया अन्तर्गत जाँदा सदस्यले स्वत प्राप्त अधिकार समेत गुमाउछन, त्यसैले यो प्रक्रियागत त्रुटी भयो भन्ने लाग्दैन ? भनि सोधिएको प्रश्नमा श्रेष्ठले भने ‘अबश्य पनि हाम्रा केही कमिमजोरी र हतारमा काम गर्नुपर्दा प्रक्रियागत त्रुटी भएका छन् र यो पनि एउटा प्रक्रियागत त्रुटीनै हो ।’

अहिले भएका ‘त्रुटीहरु’ बाट पाठ सिकेर आगामी दिनमा सुधार्दै जाने श्रेष्ठको भनाइ थियो । सबै क्षेत्रीय समितिहरुको अधिबेसन सम्पन्न गरी अर्को महिना एनसिसि जापानको अधिबेसन गर्नुपर्ने भएकाले पनि कमजोरी हुन पुगेको उनको स्वीकारोक्ति थियो ।