१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको चेन्नाइबाट उडिसा राज्य स्थित बालासोरको हावाडाका लागि छुटेको ट्रेन मालबाहक ट्रेन संग ठोकिंदा २३७ जनाको मृत्यु भएको छ । भारतको आजतक टेलिभिजनले जनाएअनुसार दुर्घटनामा परी ९०० भन्दा बढी घाइते भएका छन् ।

कोरोमन्डल एक्सप्रेसको ट्रेन लिक बाट बाहिरिएर अर्को ट्रयाकमा रहेको मालबहाक ट्रेनमा ठोकिएको र लगत्तै अर्को यात्रुबहाक ट्रेनमा पनि ठोकिन पुगेको आजतकले रिपोर्ट प्रशारण गरेको छ ।

दुर्घटना पछि उद्दार कार्य चलिरहेको र मृतकको संख्या बढ्न सक्ने भारतीय अधिकारीहरुले जनाएका छन् । भारतीय संचार माध्यमहरुका अनुसार सन् २०१२ पछिको सबै भन्दा ठुलो रेल दुर्घटना हो ।

उद्दार कार्यलाई प्रभावकारी गराउन घटनास्थलमा आर्मीको हेलिकप्टर सहित १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बसहरु परिचालन गरिएको छ । भारतका रेल मंत्री अश्विनी वैष्णवले घटनाबारे थप अनुसन्धान गर्नका लागि छानबिन समिति गठन गर्ने बताएका छन् । अहिले उनि घटनास्थलमा पुगिसकेको पनि भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुख ब्यक्त गर्दै मृतकहरुका लागि उचित क्षेतिपूर्ति र घाइतेकोहरुको उपचारको ब्यबस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दुर्घटनाप्रति दुख ब्यक्त गरेका छन् ।