बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । उत्तर कोरियाले यसै महिनाको ३१ तारिख देखि अर्को महिनाको ११ गते सम्म उपग्रह प्रक्षेपणको तयारी गरेको सूचना प्राप्त भए संगै जापानले ब्यालेस्टिक मिसाइल प्रतिरक्षा टोलीलाइ ‘हाइ अलर्ट’ मा राखेकोछ।
जापानको रक्षा मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रलाइ खतरामा पार्ने कुनै पनि क्षेप्यास्त्रलाइ प्रतिरक्षा गर्न तयारी अवस्थामा रहन निर्देशन दिएको हो । उत्तर कोरियाले आफ्नो पहिलो शैन्य जासुस उपग्रह तयार भएको र त्यसको परिक्षणका लागि राष्ट्रपति किम जोङले स्वीकृत समेत दिइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
‘हामी हाम्रो क्षेत्रमा अवतरण भएको पुष्टि भएका ब्यालिस्टिक र अन्य मिसाइलहरू विरुद्ध गम्भीर कदम चाल्नेछौं’ रक्षा मन्त्रालयको बिज्ञप्तीमा भनिएको छ ‘जापानको भूमि माथि ब्यालेस्टिक मिसाइल उड्ने जस्ता आपतकालीन अबस्थामा निर्मम कदम चालिनेछ।’
यसअघि जापानका प्रधानमन्त्री किशिदा फुमियोले ‘ब्यालेस्टिक मिसाइल प्रविधि प्रयोग गरी प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन’ भएको उल्लेख गरेका थिए । ‘यो एउटा गम्भीर समस्या र सार्वजनिक सुरक्षाका हिसाबले खतरानाक हो’ किसिदाले भनेका छन् ‘यस्ता गतिबिधि बिरुद्द हामी जस्तोसुकै निर्मम हुन पनि तयार छौं ।’
रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा जापान र अमेरिकि अधिकारीहरु बीच पनि सम्बाद भैरहेको र मिसाल परिक्षणको प्रतिरक्षाका लागि निकट सहयोग कायम राख्न चाहेको उल्लेख गरिएको छ ।
दक्षिण कोरियाको पनि आपत्ती
उता दक्षिण कोरियाले उत्तर कोरियालाई मिसाल प्रक्षेपण गर्ने आफ्नो योजना बाट पछि हट्न चेतावनी दिएको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयका प्रबक्ताद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘हामी उत्तर कोरियालाई मिसाइल प्रक्षेपण गर्ने योजना तत्काल फिर्ता लिन आग्रह गर्दछौ ।’
यदि उसले मिसाइल प्रक्षेपण गर्ने आफ्नो योजना बाट पछि नहटेमा ठुलो मूल्य चुकाउनु पर्ने दक्षिण कोरियाको चेतावनी छ। बिज्ञप्तिमा भनिएको छ ‘यदि उत्तर कोरिया अगाडी बढ्यो भने उसले ठुलो मूल्य चुकाउन पर्नेछ र पीडादायी स्थितिको सामाना गर्नुपर्नेछ।’
उत्तर कोरियाले हालैका महिनाहरूमा अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलहरुको परीक्षणलाइ श्रृंखलाबढ्द रुपमा जारी राखेको छ ।