१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । सामान्य प्रशासन मन्त्रालय र त्रिभुवन विश्व बिद्यालय अन्तरगतको कम्पुटर बिज्ञान तथा सूचना प्रबिधिबीचको समझदारीमा खटाइएका पर्यवेक्षकहरुले १ वर्ष सम्म पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

सूचना तथा संचार प्रविधिमा आधारित एकीकृत स्थानीय तह वस्तुस्थिति विवरणका लागि १ महिनाका लागि स्थानीय तहमा खटाइएका स्वयंसेवक पर्यवेक्षकले हाल सम्म पनि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । सीएसआईटी अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई २०७९ साल जेठ महिना देखि स्थानीय तहमा खटाइएको थियो ।

स्थानीय तहमा जान इच्छुक ५ सय भन्दा बढी बिद्यार्थीहरु मध्यबाट ४३२ जनालाइ छनौट गरी स्थानीय तहमा खटाइएको थियो । उनीहरुले राज्यले तोकेको जिम्मेवारी पुरा गरी सम्बन्धित निकायलाइ जानकारी गराउदा समेत पारिश्रमिक नपाएको बताएका हुन् ।

‘हामीले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउदा समेत पारिश्रमिक पाउन सकेका छैनौ’ स्थानीय तहमा खटिएका बिद्यार्थीले भने ‘सम्झौतापत्रमा गल्ति भएका कारण तलब दिन नमिल्ने जवाफ पाउने गरेका छौ ।’

अरुको गल्तीका कारण आफुहरुले सजाय पाउनु न्यायोचित नभएको बिद्यार्थीहरुको गुनासो छ। विभागले भने नगरपालिकाहरुबाट प्राप्त बिद्यार्थीहरुले काम सकेको विवरण र बैंकको खाताहरु समेत मन्त्रालयमा पठाइसकिएको बताएको छ।