१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । सबै भन्दा धेरै भूकम्प जाने देशको लिस्ट उतार्ने हो भने जापान पहिलो नम्बरमा आउँछ । जापान पछि इन्डोनेसिया दोश्रो र चीन तेश्रो नम्बरमा पर्छन । फिलिपिन्स र इरान धेरै भूकम्प जाने देशको चौथो र पाँचौ सूचीमा छन् ।

सबै भन्दा धेरै भूकम्प जाने देशरुको पहिलो नम्बरमा रहेको जापानमा भूकम्पका कारण हाल सम्म कतिले ज्यान गुमाए त्यसको एकिन तथ्याङ्क भेट्न गाह्रो छ। यसको कारण के हो भने कतिपय व्यक्तिहरु भूकम्पका कारण अहिले पनि बेपत्ताको सूचीमा छन् ।

सन् १८७२ देखि यताको तथ्याङ्क हेर्नेहो भने जापानमा ९१ पटक ६ म्याग्नेच्युट भन्दा माथिका भूकम्प गएका छन् । सन् १८७२ मार्च १४ तारिख  जापानको सिमाने प्रिफेक्चारमा ७. १ म्याग्नेच्युट भूकम्प जाँदा ५ सय २२ जनाको मृत्यु भएको थियो ।

त्यसपछि सन् १८९१ अक्टुवर महिनाको २८ तारिख ८ म्याग्नेच्युटको भूकम्प जाँदा आइची र ह्योगो प्रिफेक्चरमा ७ हजार २७३ व्यक्तिको मृत्यु भएको जापानको सरकारी तथ्याङ्कले देखाउछ । सन् १८९४ को जुन २० र सोही वर्षको अक्टुवर २२ तारिख ७ म्याग्नेच्युट, सन् १८९५ जनवरी १८ तारिख ७. २ म्याग्नेच्युटका शक्तिशाली भूकम्प गएको सरकारी तथ्याङ्कहरुमा देखिन्छ।

लगत्तै अर्को बर्ष सन् १९९६ जुन १५ तारिख जापानको तोहोकु क्षेत्रमा ८ म्याग्नेच्युटको भूकम्प जाँदा २१ हजार ९५९ जनाले ज्यान गुमाएका थिए । तोहोकु क्षेत्रमा गएको भूकम्पका कारण आएको सुनामीले गर्दा ठुलो जनधनको क्षेती भएको बताइएको छ ।

मानविय तथा भौतिक क्षतिका हिसाबले हेर्नेहो भने सन् १९२३ सेप्टेम्बर १ तारिख गएको भूकम्प जापानको इतिहाँसमा सबै भन्दा ठुलो हो । कान्तोउ दाइसिनसाइ नाम दिइएको ७. ९ म्याग्नेच्युटको उक्त भूकम्पका कारण टोकियो, योकोहामा लगायतका क्षेत्रमा १ लाख ४२ हजार नागरिकले ज्यान गुमाएका थिए । भूकम्प पछि सुनामी आएको र कतिपय ठाउमा ज्वालामुखी बिस्फोट समेत भएको थियो ।

सन् १९२३ को उक्त भूकम्प विश्वमा धेरै मानिसको ज्यान लिने भूकम्पको १० औं नम्बरमा सूचिकृत छ । त्यसपछि सन् १९२७ मार्च महिनामा ७. ३ म्याग्नेच्युटको भूकम्प जाँदा २ हजार ९२५ जनाको मृत्यु भएको थियो।

त्यसपछि सन् १९३३ मार्च ३ तारिख ८.१ म्याग्नेच्युट भूकम्प गएको र उक्त भूकम्पका कारण ३ हजार ६४ जनाले ज्यान गुमाएको तथ्यांकमा देखिन्छ । त्यस्तै सन् १९४५ जनवरी महिनाको १३ आइची प्रिफेक्चरमा गएको ६. ८ म्याग्नेच्युटको भूकम्प जाँदा २ हजार ३०६ जनाको मृत्यु भएको थियो ।

सन् १९४८ जुन २८ मा ७.१ म्याग्नेच्युटको भूकम्प गएको र ३ हजार ७६९ जना र सन् १९९५ जनवरी १७ तारिख ७. ३ म्याग्नेच्युटको भूकम्पमा परी ६ हजार ४३७ व्यक्तिले ज्यान गुमाउन पुगेको ले ज्यान गुमाएको सरकारी जस्ताबेजहरुमा उल्लेख गरिएको छ ।

त्यसपछि सन् २०११ मार्च ११ तारिख जापानको तोहोकु क्षेत्रमा ९ म्याग्नेच्युटको भूकम्प जाँदा २० हजार मानिसले ज्यान गुमाएका थिए। जसलाई जापानीहरुले अहिले हिगासी निहोन दाइ सिनसाइ भन्ने गर्दछन ।

त्यसयता सन् २०२३ सम्म पनि ६ म्याग्नेच्युट माथिका थुप्रै भूकम्पहरु गएका छन् । सन् २०१६ अप्रिल महिनाको १४, १५ र १६ तारिख तीन दिन भित्र ५ म्याग्नेच्युट भन्दा माथिका ७ ओटा भूकम्प गएका छन् । १४ देखि १६ तारिख सम्मका ७ ओटा भूकम्पमा १६ तारिख सबै भन्दा शक्तिशाली ७. ३ म्याग्नेच्युट र कम शक्तिशाली तर्फ ५. ४ म्याग्नेच्युटको भूकम्प गएको थियो । कुमामोतो क्षेत्रमा गएका यी भूकम्पबाट २७३ नागरिकले ज्यान गुमाएका थिए ।