बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
जापान । केही दिन अघि नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नबिकिरण सम्बन्धि सूचना जारी गर्र्यो । जहाँ सदस्यता नबिकरण शुल्क कोषाध्यक्ष अर्जुन लामिछानेको व्यक्तिगत खातामा डिपोजिट गर्न भनिएको थियो ।
सचिव राजन गौतमले हस्ताक्षर गरी जारी गरिएको नबिकरण सम्बन्धी सूचनामा ‘सदस्यता नबिकरणका लागि यही मे २ तारिख बाट ११ तारिखसम्मका लागि आबेदन खुल्ला गरिएको सम्बन्धित सबैमा जानकारी गराउदछौं’ भन्ने व्यहोरा उल्लेख गरिएको थियो ।
पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका महासचिव रोशन पुरीद्वारा जारी गरिएको निर्देशिकामा सस्थाको शुद्दिकरणका लागि विभिन्न शर्तहरु राखिएको छ । संगै महासंघले तय गरेका मापदण्ड पुरा गर्नेहरुका हकमा नयाँ सदस्यले समेत आबेदन दिन पाउने उल्लेख गरिएको छ । जबकि महासंघको जापान शाखाले सदस्यता नबिकरणका लागि मात्रै निबेदन आव्हान गरेको छ ।
केन्द्रले तय गरेका शर्तहरु, नया सदस्यता आव्हान गर्ने कि नगर्ने, कोषाध्यक्षको व्यक्तिगत खाता प्रयोग गर्ने वा अरु कुनै उपाय बारे सोच्ने लगायतका कुनै बिषयमा पत्रकार महासंघको जापान शाखाले कार्यसमिति भित्र पनि छलफल गर्न आबश्यक ठानेन । ‘सदस्यता नबिकरण लगायतका कुनै पनि बिषयमा बैठक बसेर निर्णय गरिएको होइन’ महासंघका एक पदाधिकारीले भने ।
यस्तै केही दिन अघि गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका प्रबक्ता सुभास लामिछानेले एक सूचना जारी गर्दै सदस्यताका लागि आबेदन दिने समयाबधी मे महिनाको १० तारिख सम्म थप गरिएको जानकारी गराए ।
यसअघि एनआरएनए जापानकै महासचिव सिद्दार्थ श्रेष्ठले फेसबूकमा स्टाटस लेख्दै भनेका थिए ‘एटिएम पूर्णरूपमा बन्द हुँदा एनआरएनएको मेम्बर बन्न नपाउने भयो भन्ने गुनासो आए पछि असहजतालाई ध्यानमा राखी अहिले समय सिमामा एप्लिकेशन गर्नुहोस र बैंक खुले पछि आवाश्यक सामाग्री पुरा गर्नुहोला भन्दा उधारो र नगदको कुरा आएछ।’
महासचिव श्रेष्ठको स्टाटस पछि प्रबक्ता लामिछानेले बिज्ञप्ति जारी गरे लगत्तै बरिष्ठ उपाध्यक्ष नबिन निउरे सहित कार्यसमितिका बहुमत सदस्यहरु र केही क्षेत्रीय संयोजकहरुको हस्ताक्षर सहित ‘काउण्टर बिज्ञप्ति’ जारी भयो । जहाँ भनिएको थियो ‘सदस्यता आबेदन मिति थप गर्ने निर्णय कार्यसमितिको निर्णय नभएकाले भ्रममा नपर्नु ।’ त्यस्तै अर्को बुंदामा लेखिएको थियो ‘मे ५ तारिख राती १२ बजे पछिका आबेदनले मान्यता पाउने छैनन् ।’
पत्रकार महासंघ राज्यको चौंथो अंगका रुपमा परिभाषित पत्रकारिता पेशामा लागेकाहरुको संगठन हो भने एनआरएनए गैर आवासीय नेपालीहरुको छाता संगठन हो । तर, जिम्मेवार मानियका यिनै संगठनका पछिल्ला गतिबिधिहरुले जापानमा रहेका संघसंगठनको सस्थागत अभ्यास माथि गम्भीर प्रश्न खडा गरेको छ ।
‘जापानका धेरै संघसस्थाहरुले सस्थागत अभ्यासनै गरेकै छैनन्, एनआरएनए जापानको पछिल्लो विवाद पनि यसको उपज हो’ एनआरएनए जापानका सस्थापक अध्यक्ष राजन प्रधानाङ्गले भने ‘अध्यक्षले चाहे पछि जे गरेपनि हुन्छ भन्ने भास्य सिर्जना गर्न खोजिएको छ, यो निकैनै चिन्ताको बिषय हो ।’ एनआरएनए जापानको सदस्यता आबेदनको समयाबधि बढाउनु थियो भने बैठकबाटै निर्णय हुनुपर्ने उनको भनाइ थियो ।
पत्रकार महासंघ र एनआरएनए जापान त प्रतिनिधि पात्र मात्रै हुन्, जापानमा रहेका अरु संघ सस्थाहरुको सस्थागत अभ्यास पनि ‘दयनिय’ छ । सस्था खोल्ने तर सस्थागत अभ्यास गर्दै नगर्ने, बिधान लेख्ने तर बिधान बमोजिम सस्था संचालन नगर्ने हो भने सस्था खोल्नुको कुनै अर्थ हुँदैन । त्यसैले, पत्रकार महासंघ र एनआरएनए जस्ता अगुवा सस्थाहरु ‘सस्थागत अभ्यास’ मा ‘च्यूत’ नहुन बस यति ।