२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

सकम्बरीका दृश्यहरु नेपाली सिने क्षेत्रमा छन् कि छैनन् ? त्यस्तै कलाकारिता क्षेत्रमा पनि छन् कि ? अनि सरकारी तथा गैर सरकारी क्षेत्रमा पनि होलान, हो हामीले हेर्न र खोज्न पर्ने प्रश्न यिनी पनि हुन्, जुन सकम्बरीले देखाउन खोजेको छ ।

करिब २० बर्ष अघिको कुरा हुनुपर्छ उनी प्रत्येक दिनजसो बागलुङ्गमा आयोजित कार्यक्रममा भेटिन्थे । हसिलो अनुहार, कहिल्यै रिसाउन नजानेको, आफु भन्दा सिनियरलाइ संधै आदर सत्कार गर्ने बहुत अनुशासित व्यक्ति जसको नमस्कार आँखा वरिपरी अहिले पनि घुमिरहन्छ ।

२० वर्ष अघि उनी बागलुङ्गका कार्यक्रमहरुमा गीत गाउन घुम्दैनथे उनी घुम्थे त केवल समाचार टिपोट गर्न । दिनभर समाचार टिपोट गर्थे अनि स्थानिय धौलागिरी एमएम बाट समाचार भन्थे उनी। बागलुङ्गमा आयोजना हुने हरेक साहित्यिक कार्यक्रम उपस्थित हुन्थे र आफ्नो एउटा न एउटा सिर्जना सुनाउथे ।

यस्तै दिनचर्या चलिरहेका बेला उनी काठमाडौं हानिएको थाह पाएँ तर उनका उद्देश्यबारे म बेखबर थिए । पछि उनका केही म्युजिक भिडियोहरु सार्बजनिक भएपछी मात्रै सांगीतिक करियरका लागि संघर्ष गर्दैछन भन्ने अड्कल काटेको हुँ मैले । उतिबेलाको प्रकाश सपुत र अहिलेको प्रकाश सपुतमा आकाश पातालको फरक छ तर ब्यबहारत उ अहिले पनि उस्तै सालिन र शुसिल ।

अघिल्लो पटक उनले सार्बजनिक गरेको पीरको दृश्यमा केही विवाद उत्पन्न भयो। खासगरी माओवादीका कार्यकर्ताहरुले पीरको बिरोध गरे । हुनत गलबन्धिका बेला पनि विवाद नभएको होइन तर त्यो विवाद आपसी समझदारीमा टुङ्गिने खालको थियो र टुङ्गियो पनि ।

तर, पीरको बिरोध देशको तेश्रो ठुलो दलका कार्यकर्ताहरुले गरेका थिए, त्यसैले यो राजनीतिक इस्स्यु बन्ने खतरा थियो । बिरोध पछि प्रकाशले दृश्य सम्पादन गरेर उक्त गीत पुनः अपलोड गरे ।

केही समय अघि गल्कोट समाज जापानले आयोजना गरेको सांगीतिक कार्यक्रममा जापान आएका बेला ‘विवाद भयो भनेर दृश्य सम्पादन गर्ने निर्णय ठिक थियो ?’ भनी सोधेको प्रश्नमा उनले भनेका थिए ‘नहटाएको भए हुने भन्ने त अहिले लाग्छ तर त्यतिबेला त्यहि निर्णयनै ठिक थियो।’

आफ्नो गीतलाइ केन्द्रमा राखेर देशमा राजनीतिक बिभाजन नहोस भनेर पीरको दृश्य सम्पादन गरेको बताएका प्रकाश सपुतको पछिल्लो गीत सकम्बरी पनि विवादमा परेको छ । खासगरी रात्रिकालीन मनोरन्जन व्यवसायी संघले बिज्ञप्ति जारी गर्दै गीतका दृश्यप्रति आपत्ती जनायो ।

रात्रिकालीन मनोरन्जन व्यवसायी संघको बिज्ञप्तिका बिषयमा प्रकाशलेनै जवाफ दिइसकेकाले यसबारे खासै लेख्न आबश्यक छैन तर सकम्बरीले उजागर गर्न खोजेका बिषयवस्तु बारे मौन बस्न मनले नमानेर केही लेख्ने कोसिस गरेको हुँ ।

यो लेखको सुरुमै प्रकाशको ब्यबहारका बारेमा लेख्नुको अर्थ उनी नियतबस अरुलाई प्रहार गर्ने, अरुको रिस गर्ने अथवा जुनसुकै कुरामा तुरुन्तै प्रतिक्रिया दिने व्यक्ति होइनन भन्ने हो । बागलुङ्ग छंदा उनिसंग एउटै टिममा बसेर काम गरेका अनुभव र देशको सेलिब्रेटी भैसक्दा पनि पूर्व सहकर्मीहरुलाई या आफु भन्दा सिनियर र जुनियरहरुलाइ गर्ने उनको व्यवहारका कारणले पनि उनी कसैमाथि गलत नियत राख्ने व्यक्ति होइनन् भन्ने पुष्टि गर्दछ । त्यसैले ‘नियतबस’ भन्ने आरोपको खण्डन गर्दै सकम्बरी भित्र प्रवेश गर्न चाहान्छु।

सकम्बरीका दृश्यहरु रात्रिकालीन मनोरन्जनमा केन्द्रित भएपनि देशका हरेक क्षेत्रमा हुने यस्ता गतिविधिको जीवित दृष्टान्तको प्रतिनिधि पात्र हो भन्दा फरक पर्दैन । सकम्बरीले केवल रात्रीकालिन ब्यबसाय बारे मात्र बोलेको छैन, यसले त नेपाली संचार क्षेत्र देखि सरकारी कार्यालयहरु सम्म हुने हरेक हर्कतहरु माथि धावा बोलेको छ ।

अस्ति भर्खरै त्रिभुवन विश्व बिद्यालयका डिनले महिला कर्मचारी माथि गरेको व्यवहार, निजि तथा सरकारी कार्यालयमा महिला माथि हुने यौन दुर्व्यहार, पुरुषहरुले महिला प्रति राख्ने दृष्टि संगै हाम्रो समाज र हाम्रो चिन्तनका बिषयमा पनि सकम्बरीले छर्लङ्ग पारेको मेरो बुझाइ छ ।

सकम्बरीका दृश्यहरु नेपाली सिने क्षेत्रमा छन् कि छैनन् ? त्यस्तै कलाकारिता क्षेत्रमा पनि छन् कि ? अनि सरकारी तथा गैर सरकारी क्षेत्रमा पनि होलान, हो हामीले हेर्न र खोज्न पर्ने प्रश्न यिनी पनि हुन्, जुन सकम्बरीले देखाउन खोजेको छ ।

राणाकालमा सुन्दरी छानी छानी दरवार छिराए जसरी अहिले जागिर लगाइदिने नाममा, जागिर खाइरहेको छ भने बढुवा गर्ने नाममा, कहिँ कतै तलब बढाइदिने नाममा महिला माथि पुरुषहरुले गर्ने यौन सोषणका बारेमा सकम्बरी मौन छ भन्न खोजियो भने सर्जक र सिर्जना माथि अन्याय हुनेछ ।

कुनै दृश्यमा कर्मचारीलाइ भ्रष्ट्राचारी देखाइएको हुन्छ, यसको मतलब सबै कर्मचारी भ्रष्ट हुन्छन भन्न खोजिएको होइन । त्यस्तै कहिँ कतै प्रहरीले घुष खाएको देखाइएको हुन्छ, सबै प्रहरी घूसखोरी हुन् भन्न खोजिएको होइन । कहिँ पुरुषलाइ बलात्कारीका रुपमा उभ्याइएको हुन्छ, कहिँ महिलालाइ बेस्याका रुपमा, के यसको अर्थ सबै पुरुष बलात्कारी र सबै महिला बेश्या हुन् भन्ने हो ? किमार्थ होइन ।

सकम्बरीले जहाँकतै यस्ता ब्यतिथिहरु छन् भनेर देखाउन खोजेको हो, सबै महिला पैसाका लागि कसैलाई शरीर सुम्पिन्छन तयार हुन्छन भन्न खोजिएको होइन । सबै क्षेत्रमा महिला माथि यस्ता हर्कत हुनसक्छन भन्न खोजिएको हो नकि रात्रीकालिन व्यवसायमा मात्र । त्यसैले सबैले आफ्ना आफ्ना क्षेत्रमा पनि सकम्बरीको जन्म त भैरहेको छैन भनेर अध्ययन र अनुसन्धान गरौ, सर्जक र सिर्जनाको बिरोध गरेर समय खेर नफालौ । बस यतिनै।