१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापान बाट विश्वभर पैसा पठाउदै आएको रेमिट्यान्स कम्पनी फोरेक्स रेमिट्यान्सले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेकोछ । उसले अप्रिल महिनाका लागि लक्षित गर्दै ‘फरेक्स संग तपाई, तपाइँ संग साइकल’ भन्ने नयाँ योजना सार्वजनिक गरेको हो ।

उक्त कम्पनीले अप्रिल महिना भरी फोरेक्स मार्फत रेमिट्यान्स गर्ने ग्रहाकहरु मध्यबाट एक जनालाइ लक्की ड्र मार्फत साइकल उपहार दिने नयाँ योजना सार्बजनिक गरेको हो ।

‘हामीले प्रदान गर्ने सेवाप्रति ग्रहाकहरुलाइ आकर्षित गर्नका लागि नयाँ योजना ल्याएका हौँ’ फोरेक्स रेमिट्यान्सका मार्केटिङ्ग म्यानेजर बाबुराम पौडेलले भने ‘हाम्रो कम्पनी मार्फत अप्रिल महिना भरी बिदेशमा रकम पठाउने ग्रहाकहरु मध्य एक जनालाई लक्की ड्र मार्फत साइकल उपहार प्रदान गर्नेछौं।’

उक्त रेमिट्यान्स कम्पनीले जापानबाट ५० भन्दा बढी देशहरुमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएकोछ । नेपालमा सांझेदार कम्पनी आइ पे रेमिट मार्फत भुक्तानी हुनेहुनाले तुरुन्तै बैंकमा रकम डिपोजिट गर्न सकिने पौडेलले बताए ।

‘बैंकका अलावा देशभरका काउण्टरबाट समेत रकम लिन सकिन्छ’ पौडेलले भने ‘हामी संग रकम भुक्तानीका लागि सर्बाधिक संजाल भएकाले जुनसुकै ठाउमा तुरुन्तै भुक्तानी गर्न सकिन्छ।’