बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । सरकारले घट्दो जन्मदरलाई नियन्त्रण गर्ने उद्देश्यले बालवालिकाहरुलाई दिइने भत्ता सम्बन्धी बिध्यमान नियमहरु संसोधन गर्न लागेको छ । हाल अविभावकको आम्दानीका आधारमा वालवालिकाहरुलाई भत्ता दिंदै आएकोमा यो नीतिलाई परिमार्जन गर्दै भत्ता वितरण गर्दा आम्दानीलाइ आधार नमानिने व्यवस्था गर्न लागेको हो ।
अहिले जापान सरकारले एक दम्पती र दुई बच्चाहरूको लागि यदि घरधनीको वार्षिक आम्दानी ९० लाख भन्दा बढी छ भने मासिक ५ हजार एन मात्र उपलब्ध गराउदै आएको छ । यदि कुनै दम्पतिको बार्षिक आम्दानी १ करोड २० लाख भन्दा माथि छ भने ति वालवालिकाहरु भत्ता प्राप्तिको मापदण्ड भित्र नपर्ने अहिलेको कानूनमा व्यवस्था गरिएको छ।
बार्षिक ९० लाख भन्दा कम आम्दानी भएका अभिवावकका वालवालिकाहरुले भने उमेर समूह अनुसार भत्ता प्राप्त गर्दै आएका छन् । ३ वर्ष भन्दा तलका वालवालिकाहरुले मासिक १५ हजार, ३ वर्ष भन्दा माथि प्राथमिक विद्यालय र जुनियर हाई स्कूल सम्मका वालवालिकाहरुका लागि मासिक १० हजार भत्ता प्रदान गर्दै आएको छ ।
‘नया नियम लागु भएपछी अभिवाकको आम्दानीका आधारमा नभै सबै उमेर समुहका वालवालिकाहरुले समान भत्ता प्राप्त गर्नेछन’ निक्केइ पत्रिकाले भनेको छ ‘सुत्केरी बिदा बसे बापतको आर्थिक सहयोग पनि राज्यले व्यहोर्ने नयाँ व्यवस्था गर्न लागिएको छ ।’
सरकारले तयार पारेको मस्यौदामा स्वतन्त्र रुपमा काम गर्ने नागरिकहरुलाई समेत समेट्ने प्रयास गरेको निक्केइको उक्त समाचारमा उल्लेख गरिएको छ । जापान सरकारले आगामी अप्रिल महिनामा बस्ने मन्त्रीपरिषदको बैठक हुँदै उक्त मस्यौदालाइ संसदमा पेस गर्ने तयारी गरेको पनि समाचारमा उल्लेख गरिएको छ।