२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

टोकियो । जापानको सेन्दाई स्थित खान्क्यु जापानी भाषा स्कूलमा आएका ९ जना बिद्यार्थीहरुको स्कूल फी नतिरेर बिद्यार्थी अलपत्र पारेको काठमाडौंको मिराकल्स कन्सल्टेन्सिका संचालक सुमन सिङ गोतामे क्षेत्रीलाइ प्रहरीले पक्राउ गरेको छ ।

बिद्यार्थीहरुलाई ठगी गरेको बिषयमा संचार माध्यमहरुमा समाचार प्रकाशन /प्रशारण भए लगत्तै बिद्यार्थीका आफन्तहरुले प्रहरीमा उजुरी दिएपछि क्षेत्रीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘उनलाई ठगीको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो’ प्रहरीलाई उद्दृत गर्दै काठमाडौं बाट पत्रकार युवराज कंडेलले भने ‘प्रहरीले अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद समेत लिएको छ।’

विद्यालयले शुल्क नतिरेको भन्दै ९ जना बिद्यार्थीहरुलाई निष्कासनको तयारी गरेको बिषय सार्वजनिक भएपछि कन्सल्टेन्सीका संचालकले विद्यालयले आफुलाई दिनपर्ने कमिसन रोकेका कारण ति बिद्यार्थीहरुको फि ‘पेण्डिङ्ग’मा राखेको संचालकले संचारमाध्यमहरु समक्ष स्वीकार गरेका थिए ।

कन्सटेन्सिका संचालक अनुसन्धानमा तानिए पछि खान्क्यु जापानी स्कूलमा कार्यरत केही नेपालीहरु समेत अनुसन्धानमा तानिने प्रहरीले जनाएको छ । ‘ठगीमा संलग्नता बारे विभिन्न कोण बाट अनुसन्धान सुरु गरिनेछ’ प्रहरीले भनेको छ ‘उक्त बिद्यालयमा कार्यरत केही कर्मचारीहरुको समेत संलग्नताको आशंका छ, यो बारे पनि छानविन हुन्छ ।’

बिद्यालयमा कार्यरत कुनकुन कर्मचारी छानबिनको दायरामा आउने हुन् त्यो बारे प्रहरीले केही खुलाएको छैन । तर, उक्त बिद्यालयमा कार्यरत मनि खड्काको संलग्नता बारे पनि प्रहरीले अनुसन्धान गर्न लागेको बुझिएको छ ।

तर खड्काले भने आफ्नो संलग्नतालाइ अस्वीकार गरेका छन् । ‘बिद्यालय र कन्सल्टेन्सी सम्बन्ध भएकाले म एउटा कर्मचारीका रुपमा मात्रै गोतामे संग सम्पर्क गरेको हुँ, त्यो बाहेक उनि र उनको कसल्टेन्सी संग मेरो व्यक्तिगत सम्बन्ध छैन’ खड्काले भने ‘कन्सल्टेन्सीको वेब साइडमा मेरो फोटो राखेको बारे मलाई कुनै जानकारी थिएन ।’

कन्सलटेन्सीले आफूखुसी आफ्नो फोटो राखेको बिषयमा साइबर ब्यूरोमा उजुरी दिने खड्काले जानकारी गराए ।

यता निष्कासनको तयारी गरिएका बिद्यार्थीलाइ बिद्यालयले छलफलका लागि बोलाएको छ । ‘विद्यालयले हामीलाई छलफलका लागि बोलाएको छ’ बिद्यार्थीहरुले भने ‘अरु के हुन्छ त्यसपछिनै थाह होला।’