१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । नेपालमा रहेको एक कन्सल्टेन्सीले जापानमा आउने बिद्यार्थीहरुलाई ठगेपछि जापान आएका बिद्यार्थीहरु तनाबमा परेका छन् । जापानको मियागी प्रिफेक्चर स्थित सेन्दाईमा रहेको खान्क्यु जापानिज बिद्यालयमा आएका ९ जना बिद्यार्थीहरुको १ वर्षको स्कूल फी नेपालमै रहेको मिराकल्स कन्सल्टेन्सीले जापानको बिद्यालयलाइ नतिरे पछि बिद्यार्थीहरु तनाबमा परेका हुन् ।

‘हामीले १ वर्षको स्कूल फी र होस्टल चार्ज गरेर १४ लाख ५४ हजार ९६० जापानी एन नेपालको कन्सल्टेन्सीलाइ दिएका हौँ’ पीडित मध्यका सागर भुजेलले क्योदाई न्यूज संग भने ‘स्कूलमा पेमेन्ट नभएको हामीलाई थाह थिएन तर उता बाट पेमेन्ट नआएको रहेछ ।’ उनीहरुको पेमेन्ट रोकिएपछि बिद्यालयले ति बिद्यार्थीहरुलाई निष्कासन तयारी गरेको बुझिएको छ ।

अघिल्लो बर्षको अक्टुवर इन्टेकमा आएका ९ जना बिद्यार्थीको फि पेमेन्ट नभएको बिद्यालयले पुष्टि गरेको छ । बिद्यालयका डाइरेक्टर मनि खड्काले कन्सल्टेन्सी र बिद्यार्थीबीचको लेनदेन भएकाले आफुहरुले केही गर्न र बोल्न नमिलेको तर पेमेन्ट ड्यू रहंदा सम्म बिद्यार्थीलाइ पढाउन पनि नसकिने प्रष्ट पारे ।

‘९ जना बिद्यार्थीको १ करोड ३० लाख ९४ हजार ६४० जापानी एन पेमेन्ट भएको छैन’ खड्काले भने ‘बिद्यार्थीहरु संग स्कूल फी लिएर बिद्यालयलाइ नतिरेकाले समस्या भएको हो ।’ बिद्यार्थीले कन्सल्टेन्सीलाइ बुझाएको फी बिद्यालयलाइ बुझाउन ताकेता गरिरहेको पनि खड्काले बताएका छन् ।

कन्सल्टेन्सीका संचालक सुमन सिङ गोतामे क्षेत्रीले बिद्यार्थीबाट कन्सल्टेन्सीले लिएको फी जापानको बिद्यालयलाइ पेमेन्ट नगरेको स्वीकार गरेका छन् । ‘केही आन्तरिक कारणले गर्दा पेमेन्ट रोकिएको हो’ क्योदाई न्यूज संग टेलिफोनमा कुरा गर्दै उनले भने ‘बिद्यार्थीलाइ समस्यामा पार्ने हाम्रो उद्देश्य होइन र छैन तर जापानमा रहेको उक्त बिद्यालयले हाम्रा कतिपय विद्यार्थीका डकुमेन्टहरु रोकिदिएको र कमिसन पनि ड्यू रहेकाले यस्तो हुन पुगेको हो।’

बिद्यालय संग कुराकानी भैरहेको उल्लेख गर्दै उनले केही दिन भित्रै समस्याको समाधान निस्कने बताए । बिद्यार्थीहरुले तपाइलाई स्कूल फी पेमेन्ट गरेको त हो नि ? भन्ने प्रश्नमा उनले भने ‘कतिपयले पुरै दिएका छैनन्, २/३ जनाले पुरै पेमेन्ट गरेका छन्। ‘
पुरा पेमेन्ट गरेका बिद्यार्थीको किन रोकेको भन्ने अर्को प्रश्नमा उनले भने ‘हाम्रा पनि समस्या छन् सर मिलाउदै छौ, छिट्टै मिल्छ ।’ पीडित बिद्यार्थीहरुले नेपालमा रहेको कन्सल्टेन्सीलाइ पेमेन्ट गरेका बिल भरपाईहरु क्योदाई न्यूज संग सुरक्षित छन् ।

कन्सल्टेन्सीका संचालक सुमन सिङ गोतामे क्षेत्रीसंगको कुराकानी सुन्नुहोस् ।