१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

रोयटर्स । इक्वेडर र उत्तरी पेरुको तटीय क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ । भूकम्पमा परी हाल सम्म १४ जनाको मृत्यु भएको र हताहतिको संख्या बढ्न सक्ने अधिकारीहरुलाई उद्दृत गर्दै रोयटर्सले समाचार छापेको छ ।

भूकम्पका कारण धेरै घर, विद्यालय र अस्पतालका संरचनामा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले ६.८ म्याग्निच्युड मापन गरेको भूकम्प गुयास प्रान्तको बालाओ शहरबाट १० किलोमिटर टाढा र ६६.४ किलोमिटर गहिराइमा गएको थियो।

भूकम्पका कारण सुनामीको खतरा भने नरहेको रोयटर्सले जनाएको छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले भूकम्पको क्षतिबारे अध्ययन भैरहेको बताएका छन् । उनले नागरिकलाइ हतास नहुन आग्रह गर्दै ट्वीटरमा लेखेका छन् ‘भूकम्पको क्षेती पुष्टि गर्ने काम भैरहेको छ, म तपाईहरु संगै छु, पीडितहरु संगै छु र समयमै उद्दारका लागि प्रतिबद्द छु।’

राष्ट्रपतिको सञ्चार एजेन्सीले भूकम्पमा १४ जनाको ज्यान गएको र ३८० जनाभन्दा बढी घाइते भएको बताएको छ । भूकम्पले एल ओरो प्रान्तमा बढी क्षति पुगेको पनि समाचारमा जनाइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार कम्तिमा ४४ घर ध्वस्त भएको र ९० बढी घरमा क्षति पुगेको छ । भूकम्पका कारण पहिरो खस्दा करिब ५० शैक्षिक भवन र ३० भन्दा बढी स्वास्थ्य केन्द्र पनि प्रभावित भएको रोयटर्सले जनाएको छ ।