१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जापानलगायत १२३ देश र क्षेत्र सहभागी भए पनि रुस, संयुक्त राज्य अमेरिका, चीन आदिले अधिकार क्षेत्रलाई मान्यता नदिने भएकाले राष्ट्रपति पुटिनलाई पक्राउ गर्ने सम्भावना अत्यन्त न्यून रहेको जापानको सरकारी संचार सस्था एनएचकेले समाचारमा उल्लेख गरेको छ ।

एजेन्सी । हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युक्रेनको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै रुसी राष्ट्रपति पुटिनले युद्ध अपराध गरेको आशंकामा पक्राउ पुर्जी जारी भएको हो ।

रुस र युक्रेनबीच युद्ध सुरु भए यता युक्रेनका डोनेस्क, लुहान्स्क, खार्किभ र दक्षिणी खेरसन प्रान्तहरूबाट १६ हजार भन्दा बढी बालबालिकालाई रुसले अपहरण गरेको पुष्टि युक्रेनी न्यायपालिकाले गरेपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिन विरुद्ध पक्राउ पुर्जी जारी भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युक्रेनले करिब ३०० बालबालिकाहरुलाई फिर्ता गर्न सफल भएको र बाँकीलाइ फिर्ता गर्नका लागि तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताएको छ ।

युक्रेनका महान्यायाधिवक्ता कोस्टिनले १७ तारिख ‘रसियाले बालबालिका लगेर युक्रेनको भविष्य खोस्ने प्रयास गरिरहेको’ भन्दै पुटिन प्रशासनले बालबालिकालाई रुसी नागरिकता लिन बाध्य पारेको सामाजिक संजालमा पोस्ट गरेका थिए ।

पुटिनलाइ पक्राउ पुर्जी जारी गर्नु अघि युक्रेनी पक्षले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा १ हजार पृष्ठभन्दा बढी प्रमाण पेश गरेको पनि समाचारहरुमा उल्लेख गरिएको छ ।

अदालतले रुसले ओगटेको युक्रेन विभिन्न क्षेत्रबाट बालबालिकालाई रुसलाई पुर्र्याउने कार्यमा पुटिन संलग्न रहेको विश्वास गर्न सकिने आधारहरु मिलेको र यो अन्तर्राष्ट्रिय कानुन अनुसार युद्ध अपराधको ठहर गर्दै पक्राउ पुर्जी जारी गरेको रोयटर्स, बिबिसी, अलजजिरा लगायतका संचार माध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जापानलगायत १२३ देश र क्षेत्र सहभागी भए पनि रुस, संयुक्त राज्य अमेरिका, चीन आदिले अधिकार क्षेत्रलाई मान्यता नदिने भएकाले राष्ट्रपति पुटिनलाई पक्राउ गर्ने सम्भावना अत्यन्त न्यून रहेको जापानको सरकारी संचार सस्था एनएचकेले समाचारमा उल्लेख गरेको छ ।

अदालतले वारेण्ट जारी गरेपछि मस्कोले उग्र प्रतिक्रिया दिएको छ । रोयटर्सका अनुसार रुसी सरकारका प्रबक्ता दिमित्री पेस्कोभले आइसीसीले रुस विरुद्ध उठाएका प्रश्नहरु ‘अपमानजनक र अस्वीकार्य’ भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै राष्ट्रपति पुटिनको नजिक मानिने रुसी संसदका सभामुख व्याचेस्लाभ भोलोदिनले टेलिग्राम मार्फत रुसी संघका राष्ट्रपतिमाथि हुने कुनै पनि आक्रमणलाई हाम्रो देश विरुद्धको आक्रमणको रूपमा लिने प्रतिक्रिया दिएका छन् ।

आइसीले पक्राउ पुर्जी जारी गरेपनि रुसी राष्ट्रपति पुटिन चाडै अदालत उपस्थित हुने सम्भावना नरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले विश्लेषण गरेका छन् । तर वारेण्ट जारी भैसकेकाले पुटिन आइसिसिको सदस्य रहेका राष्ट्रमा यात्रा गरेमा उनलाई पक्राउ गरी हेग पठाउन सक्ने सम्भावना हुनेछ ।