१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । दुइ महिना अघि सरकार गठन गर्न प्रमुख भूमिका निर्वाह गरेको नेकपा एमालेले सरकारलाइ दिएको समर्थन समेत फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज राजधानी काठमाडौंमा बसेको एमालेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओबादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस सहितका दलहरु संग गठबन्धन गरेपछि रुष्ट बनेको एमालेले परराष्ट्रमंत्री बिमला राइ पौड्याललाइ जेनेभा जान बाट अन्तिम समयमा रोकेपछि पार्टीको बैठक बोलाएको थियो ।

मन्त्रीपरिषद बाट भएको निर्णय अनुसार परराष्ट्रमन्त्री विमला राई पौड्याल हिजो जेनेभा जाने अन्तिम तयारीमा थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउसो परराष्ट्रमन्त्री राइलाइ जेनेभा नजान भनी मुख्य सचिव मार्फत रोक लगाएका थिए ।

यता संसदको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने तत्काललाइ सरकारलाई दिएको र राष्ट्रपतिको निर्वाचनका बिषयमा कुनै निर्णय लिएको छैन । आजको बैठकमा पार्टीको आन्तरिक बिषय बाहेक अरु बिषयमा छलफल नभएको रास्वपाका केन्द्रिय सदस्य दीपक बोहराले जानकारी दिए ।

‘सरकारलाई दिएको समर्थन र राष्ट्रपतिको निर्वाचनका बिषयमा खासै छलफल भएको छैन’ बोहराले क्योदाई न्यूजसंग भने ‘यो बिषयमा हामी पर्ख र हेरकै नीतिमा छौं, समय आउदा साथ निर्णय गर्नेछौ ।’ आजको बैठकमा पार्टीका आन्तरिक बिषयमामात्र छलफल भएको बोहराका भनाइ छ ।