१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । कुनै दिन पूर्व अध्यक्ष बद्री पंगेनीलाइ सचिव र बर्तमान अध्यक्ष रमेश बिजीलाइ महासचिवमा पराजित गरेका प्रतिष्ठानका पूर्व महासचिव बिष्णु खत्रीले लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट बाहिरिने घोषणा गरेका छन् ।

खत्रीले आज फेसबुकमा लामो स्टाटस लेख्दै आफुले सस्थालाइ हुर्काउन उर्जाशील समय खर्च गरेपनि निरन्तर पेलानमा पारिएको भन्दै प्रतिष्ठान बाट बाहिरिएको घोषणा गरेका हुन् । ‘अब फेरी अनुज भाइ बहिनीहरु संग चुनावी प्रतिस्पर्धामा होमिनु मेरो लागि शोभनीय नहुने र नैतिकताले पनि यसो गर्नु उचित ठानेन’ उनले लेखेका छन् ‘अब महासंघको ढोका ढकढकाउन नआउने निर्णय गरें ।’

सम्भावनाहरु सबै समाप्त भएका हुन् ? भन्ने क्योदाई न्यूजको जिज्ञासामा खत्रीले भने ‘सभावनाहरु छन् र खोज्नु पर्छ भनेर अन्तिम सम्म पनि प्रयत्न गरेको थिएँ तर सम्भावनाहरु अस्तिनै सकिएका रहेछन ।’ आफुले सोच बिचार गरेरनै सस्था बाट बाहिरिने निर्णय गरेको भन्दै यो नै आफ्नो ‘अन्तिम’ निर्णय भएको बताए ।

आफुले सबै संस्कृतिकर्मीहरुलाई समेटर नयाँ सस्था खोल्न लागेको जानकारी गराउदै यसमा समाहित हुन पनि आग्रह गरेका छन् । यसअघि रिपोर्टर्सनेपालमा आयोजित पत्रकार सम्मलेनमा सस्थाका निवर्तमान अध्यक्ष बद्री पंगेनीले लोक संगीतको क्षेत्रमा खत्रीको ठुलो योगदान रहेको भन्दै खत्रीलाइ सस्थामा राखिराख्न प्रयत्न गर्ने बताएका थिए ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजिले खत्रीले लोक दोहोरी क्षेत्रमा पुर्याएको योगदानका हिसाबले पनि सस्थामै राख्न निरन्तर प्रयास गरेको बताए । ‘हामीले उहालाई सस्थामै राखिराख्न निरन्तर प्रयास गरेका हौं र छौं पनि’ बिजिले क्योदाइ न्यूज संग भने ‘उहाँले जुन निर्णय लिनु भएको छ त्यो बाट हामी खुसी त छैनौ तर अब आगामी यात्राका लागि शुभकामना भन्न चाहन्छौं ।’

यस्तै प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले लोक दोहोरी गीत प्रतिष्ठानका लागि र सिंगो लोक संगीतमा पनि राम्रो योगदान दिएको व्यक्तिले यस्तो निर्णय गर्दा दुख लागेको बताए । ‘बिष्णु र म लामो समय संगै टिममा बसेर काम गरेका छौ, म अध्यक्ष हुँदा उ महासचिव थियो, यस्तो जिम्मेवार व्यक्तिले गरेको निर्णय दुख लाग्दो हो ।’ न्यौपानेले भने ‘बिष्णुको क्रियाशीलता अहिले पनि लोभ लाग्दो छ, त्यसैले पनि यो निर्णय बारे सोचेर सम्बाद बाटै समस्याको निकास खोज्दा खुसी हुने थिएँ ।’

प्रतिष्ठानको अधिबेशन मुखैमा आइरहेका बेला खत्रीले लिएको निर्णयले सांगीतिक क्षेत्रमा हलचल मच्चाएको छ । केही समय अघि सांगीतिक कार्यक्रमका लागि कतारमा गएका खत्रीले आफु प्रतिष्ठानको अध्यक्षका लागि उमेद्वार नबन्ने बरु नया सस्था खोल्ने निकटस्थहरु संग बताएका थिए ।