१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानलाई सबै भन्दा धेरै श्रमिक उपलब्ध गराउने बिदेशी मुलुकमा भियतनाम पहिलो नम्बरमा परेको छ । जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले हालै सार्बजनिक गरेको तथ्याङ्क अनुसार १८ लाख २२ हजार ७२५ कुल बिदेशी कामदारहरु मध्ये ४ लाख ६२ हजार ३८४ जना भियतनामी कामदारहरु जापानमा कार्यरत छन् ।

२५.४ प्रतिशत श्रमिक सहित भियतनाम जापानको श्रम बजारमा पहिलो नम्बरमा आउँदा चीन ३ लाख ८५ हजार ८४८ अर्थात् २१.२ प्रतिशत श्रमिक सहित दोश्रो स्थानमा छ ।

२ लाख ६ हजार ५० अर्थात् ११.३ प्रतिशत श्रमिक सहित फिलिपिन तेश्रो नम्बरमा हुँदा १ लाख १८ हजार १९६ अर्थात् ६. ५ प्रतिशत श्रमिक सहित नेपाल चौथो नम्बरमा छ । जापानलाई सबै भन्दा थोरै कामदार उपलब्ध गराउने देशमा पेरु छ । उसका ३१ हजार २६३ अर्थात् १. ७ प्रतिशत नागरिक जापानी श्रम बजारमा श्रम गरिरहेका छन् ।

माथि उल्लेखित तथ्याङ्कमा पार्ट टाइम काम गर्नेहरुको संख्या समेत समाबेस गरिएको श्रम मन्त्रालयले जनाएको छ । भिषा स्टाटसका आधारमा हेर्दा पिआर, जापानी नागरिक संग बिहे गरेका, पिआरवालाका परिवारहरु जापानको श्रम बजारमा सबै भन्दा धेरै संख्यामा छन् । उनीहरुको संख्या ५ लाख ९५ हजार २०७ अर्थात् ३२.७ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

वोर्किङ्ग भिषामा ४ लाख ७९ हजार ९४९, बिशिष्ट गतिबिधि (टोकुतेइ खाचुदोउ) ७३ हजार ३६३ (४. ०%), ट्रेनिङ्ग भिषामा ३ लाख ४३ हजार २५४ (१८.८%), स्टाटस बेगरका गतिबिधि (सिखाकु गाइखाचुदोऊ) ३ लाख ३० हजार ९१० (१८.२%) रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सिखाकु गाइखाचुदोऊ भनेको सामान्य भाषामा बुझ्दा बिद्यार्थी वा डिपेनडेण्टहरुले पाउने २८ घण्टा काम गर्ने अनुमति भनेर बुझ्दा हुन्छ । यो स्टाटसमा काम गर्ने सबै भन्दा धेरै ३९.६ प्रतिशत नेपाली बिद्यार्थीहरु छन् ।

क्षेत्र अनुसार तथ्याङ्कको विश्लेषण गर्दा टोकियोमा करिब ८० हजारको हाराहारीमा बिदेशीहरुले श्रम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । टोकियो नजिक रहेका साइतामा, चिबा, खानागावा संगै आइची, फ़ुकुओका प्रिफेक्चर र ओसाका क्षेत्र बाहेकका अरु प्रिफेक्चरहरुमा बिदेशी श्रमिकहरुको संख्या ५ हजार भन्दा तल छ ।

सबै भन्दा धेरै कुल बिदेशी श्रमिक सख्याको १८.६ प्रतिशतले खरिद बिक्रि संग सम्बन्धित साना कम्पनिहरुमा र १७.७ बिदेशी श्रमिकहरुले उत्पादनशील कम्पनीमा काम गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

चार्ट: श्रम मन्त्रालयको वेब साइट बाट