बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टर्की । टर्कीको भुकम्प प्रभावित क्षेत्रमा रहेका ३३ जना नेपाली मध्ये तीन जना नेपाली संग अझै सम्पर्क हुन नसकेको गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्यव परिषद टर्कीले जनाएको छ।
‘त्यस क्षेत्रमा रहेका नेपालीहरु मध्ये तीन नेपाली संग अझै सम्पर्क हुन सकेको छैन’ एनआरएनए टर्कीका महासचिव बिनोद पौडेलले क्योदाई न्यूज संग टेलिफोनमा भने ‘केही राहत सामग्री सहित उनीहरुको अवस्थाबारे जानकारी लिन एनआरएनए टर्कीका सचिव जाभेद अन्सारी त्यस तर्फ जानु भएको छ ।’
त्यहाँ रहेका नेपालीको अवस्था बारे जानकारी लिन एनआरएनए टर्कीका सचिव अन्सारी भुकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको पौडेलको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा बिद्यार्थी र घरेलु कामदार सहित ३३ जना नेपाली रहेको एनआरएनए टर्की जानकारी दियो ।
‘त्यस क्षेत्रमा बिद्यार्थी र घरेलु कामदार सहित ३३ जना नेपाली हुनुहुन्छ भन्ने जानकारी हामीलाई आएको छ’ महासचिव पौडेलले भने ‘तीन जना संग अझै सम्पर्क हुन सकेको छैन, सायद बिजुली या इन्टरनेट नभएका कारणले हुन सक्छ ।’
घरायसी कामका लागि त्यहा पुगेका नेपालीहरु सुरक्षित स्थानमा स्थान्तरण भैसकेको र उच्च माध्यमिक तहको अध्ययनका लागि गएका बिद्यार्थीहरु होस्टेलमै रहेको पौडेलले जानकारी दिए । बिद्यार्थीहरुका हकमा भने बिद्यालयले अनुमति नदिंदा सम्म अन्यत्र स्थान्तरण गर्न नमिल्ने भएकाले सम्बन्धित बिद्यालयहरु संग कोर्डिनेसन भैरहेको उनको भनाइ छ ।
गत सोमबार बिहान टर्की र सिरियाको सीमाक्षेत्रमा ७. ८ म्याग्नेच्युट र सांझपख ७.६ म्याग्नेच्युटको भुकम्प गएको थियो । भूकम्पका कारण हाल सम्म टर्की र सिरियामा १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।