१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । बिदेशी कोषमा लगानी गरेमा ४ प्रतिशत लाभांश पाउने प्रलोभन देखाई सर्बसाधारण संग रकम असुल गरेको आरोपमा टोकियोमा रहेको एक कम्पनीका मालिक सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टोकियो स्थित FRich Quest नामक कम्पनीका संचालक कोटा मोरिनो सहितको समुहले २० देखि ३० वर्ष उमेर समुहका व्यक्तिहरुलाई लक्षित गरि ठगि गर्ने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरुले पूर्बी अफ्रिकी मुलुक सेशेल्समा रहेको हेस कोषमा लगानी गरे प्रत्येक महिना ४ प्रतिशतका दरले लाभांश प्राप्त हुने भन्दै करिब २० अर्ब यन संकलन गरेको प्रहरीलाई उदृत गर्दै एनएचकेले समाचार प्रकाशन गरेको छ ।

लगानी गरिएको सबै रकम हेज कोषमा हस्तान्तरण गरिने र त्यसको ३० प्रतिशत FX (Foreign Exchange Market) मा लागानी गर्ने र ७० प्रतिशत बिमा तथा उत्पादकत्व क्षेत्रमा लगानी गर्ने भन्दै सर्बसाधारण बाट मोटो रकम संकलन गरिएको बताइएको छ ।

सर्बसाधारण बाट उठाएको रकम उक्त कोषमा पठाएको प्रमाण नभेटिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । अभियुक्तहरुले देशभरका झन्डै ३ हजार युवायुवतीहरु बाट रकम ठगि गरेको प्रहरीले जनाएको छ ।