बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । टर्की र सिरियाको सिमावर्ती क्षेत्रमा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।
सोमबार बिहान टर्कीको गाजिएन्टेप क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्नेच्युट र सोमबार सांझ फेरी ७. ६ म्याग्नेच्युटको भुकम्प गएको थियो ।

उद्दारकर्ताहरुले दिएको जानकारी अनुसार मंगलवार बिहान सम्म मृतकहरुको संख्या ४ हजार तीन सय बाट उकालो लागेको छ ।
टर्कीको प्रकोप रोकथाम विभागका अधिकारीहरुले दिएको जानकारी अनुसार हाल सम्म टर्कीमा ३ हजार जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घाइते भएका छन् ।
टर्कीको ट्रेमोर्स भन्ने स्थानमा भत्किएका ४ हजार ७५८ भवनबाट करिब ८ हजार जनाको उद्दार गरिएको छ ।

त्यस्तै सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको सिरियाका अधिकारीहरुले जनाएका छन् । सिरियाको सरकारले संयुक्त राष्ट्रसंघलाइ स्वास्थ्य र खाद्यान्न सामाग्री सहयोग गर्न आग्रह गरेको रोयटर्सले उल्लेख गरेको छ ।
जापानले पठायो उद्दार टोली
टर्की र सिरियामा भूकम्पले ठुलो जनधनको क्षति पुर्र्याएकोम जापानले दुख ब्यक्त गर्दै उद्दारका लागि टोली पठाएको छ ।
जापानको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार १८ जनाको टोली टोकियोको हानेदा अन्तराष्ट्रिय विमानस्थलबाट टर्कीका लागि प्रस्थान गरेको छ ।
जापानले ७५ जनाको टोली उद्दारका लागि पठाउने तयारी गरेपनि तत्काललाइ १८ जना मात्रै पठाएको हो । उक्त टोली हिजो राती ११ बजे टर्कीका लागि उडेको एनएचकेले जनाएको छ ।
टर्की र सिरियामा उद्दारका लागि अमेरिका, फ्रान्स, इटाली, रसिया, हङकङ्, बेलायत लगायतका देशबाट पनि उद्दारकर्ता पठाउने तयारी भैरहेको समाचारमा उल्लेख गरिएको छ ।
हङकङ्बाट ४० जनाको उद्दार टोली टर्की तर्फ प्रस्थान गरेको जापानको सरकारी संचार सस्था एनएचकेले जनाएको छ ।