बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
त्यतिबेला अहिलेका लोकप्रिय गायक तथा मोडल प्रकाश सपुत पनि सांगीतिक कार्यक्रममा भाग लिन जापान आएका थिए । उनै प्रकाश सपुतको एकल आवाजमा सार्बजनिक भएको उक्त गीतको छायांकनका क्रममा खड्काले एक टुक्का गाएका थिए । “त्यहि टुक्का कताकता बाट म्यासेन्जर भरि भाइरल हुन पुग्यो’ खड्काले भने ।

बागलुङ जिल्लाको धम्जा स्थित लक्ष्मी माध्यमिक बिद्यालयबाट माध्यमिक तहको अध्ययन सकेपछि उच्च शिक्षाका लागि चितवन झरेका सूर्य खड्का लगत्तै जापान प्रवेश गरे । खड्काले सन् २००८ मा जापान प्रवेश गर्नु अघिनै ‘डांडै शिरिस’ बोलको गीत लेखिसकेका थिए । उतिबेलाका चर्चित गायक बिरही कार्कीले गाएको उक्त गीत आंशिक सफल भयो ।
‘उतिबेला अडियोको जमाना थियो तर पनि उक्त गीत ठिकै चलेको हो’ खड्काले भने ‘आफैले लेखेको गीतले आंशिक सफलता प्राप्त गरेपछि गीत लेखन र संगीत साधनालाइ निरन्तरता दिन थप हौसला मिल्यो ।’
कुक भिषामा जापान प्रवेश गरेका खड्काको दैनिकी त्यति सहज थिएन । उनि बिहान ९ बजे उठेर काममा जान्थे र रातको ११ बजेको आसपासमा घर फर्किन्थे । खड्काले गीत लेखन र गायनमा जति रुचि राख्थे, उत्तिकै रुचि थियो बाध्यबादन पनि थियो ।
मादल र हार्मोनियम बजाउन नेपालमै सिकेका खड्काले जापान आएपछि पन्चेबाजा बजाउन सिके । ‘मैले मादल र हार्मोनियम त नेपाल छंदानै बजाउंथे, जापान आएपछि पन्चेबाजा बजाउन पनि सिकें’ खड्का भन्छन ‘जापानमा गायन र बाद्यवादनलाइ संगै अघि बढाएँ ।’
खड्का मादल र हार्मोनियम संगै सनाही, टेम्को, ढोलक लगायत पन्चे बाजा बजाउने क्षमता राख्दछन । बाद्यवादनमा समेत पोक्त रहेका खड्का पछिल्लो समय विश्वभरका नेपालीहरु माझ परदेशी गायकको रुपमा चिनिन्छन । यति सम्मकि उनि सहभागी हुने हरेक कार्यक्रमका ब्यानरमा ‘परदेशी गायक सूर्य खड्का’ लेखिएको हुन्छ ।
‘परदेशी गायक भन्दा एक हिसावले दुख पनि लाग्छ र एक हिसाबले खुसी पनि’ खड्काले क्योदाई न्यूज संग भने ‘परदेशमा रहेर गायन क्षेत्रमा सक्रिय भएकाले परदेशी गायक भनिएको होला तर केहि छैन, परदेशमा बसेपनि नेपाली लोक संगीतसंगै हास्न खेल्न पाएको छु, आनन्दनै लाग्छ ।’
कसरी उदाय सूर्य ?
सन् २०११ मा नेपाल जाँदा पनि खड्काले ‘मुटु छोएर त हेर’ नामक एल्बम निकालेका थिए तर त्यसले खासै चर्चा बटुल्न सकेन । तर पनि खड्काले गायन क्षेत्रमा आफ्नो सक्रियतालाई सुस्ताउन दिएनन् ।
सन् २०१४ तिर जापानमै रहेका नारायण कंडेलको रचना र शिव सुबेदी(हाल: युरोप)को संगीतमा ‘यस्तै छ कहानी परदेशीको’ नामक गीत बजारमा आएको थियो । त्यतिबेला अहिलेका लोकप्रिय गायक तथा मोडल प्रकाश सपुत पनि सांगीतिक कार्यक्रममा भाग लिन जापान आएका थिए । उनै प्रकाश सपुतको एकल आवाजमा सार्बजनिक भएको उक्त गीतको छायांकनका क्रममा खड्काले एक टुक्का गाएका थिए । “त्यहि टुक्का कताकता बाट म्यासेन्जर भरि भाइरल हुन पुग्यो’ खड्काले भने ।
जापान भित्र आयोजना हुने हरेक कार्यक्रममा भाग लिने खड्कालाइ सन् २०१५ तिर कतारमा आयोजित सांगीतिक कार्यक्रममा सहभागिताका लागि आव्हान गरियो । ‘सन् २०१५ मा पहिलो पटक जापान बाहिर कतारको कार्यक्रममा भाग लिए’ उनले भने ‘त्यतिबेला मलाइ आफ्ना गीतहरु नहुँदा अरुका गीत गाउनु पर्ने बाध्यता पर्र्यो।’
त्यसपछि खड्काले लगातार गीतहरु निकाल्न थाले । करिव दुइ सयको हाराहारीमा गीत गैसकेका खड्काको डिमाण्ड जापान बाहेक अरु थुप्रै देशमा हुने गरेको छ । उनि हाल सम्म बेलायत ३ पटक, कोरिया ४ पटक र अष्ट्रेलिया १ पटक पुगेका छन् ।
पोर्तुगलमा रहेका गीतकार शिव अखेली संगको सहकार्यलाइ भुल्नै नसकिने उनि बताउछन । ‘मैले उहाका करिब ८० प्रतिशत गीत गाएको छु’ खड्काले भने ‘उहाँ संग मेरो बहुत मिठो सहकार्य हुने गरेको छ ।’
खड्का अहिले पनि जापानमा नेपालीद्वारा संचालित एक रेष्टुरेन्टमा काम गर्छन । जापानको व्यस्तताका बाबजुत पनि लोक संगीतको क्षेत्रमा निरन्तर खटिरहेका खड्का स्वदेशमै फर्केर लोक संगीतकै क्षेत्रमा लाग्ने बिषयमा नसोचेका पनि होइनन तर छोरीहरुको पढाइका कारण चाँजो पाँजो मिलेको छैन ।
खड्काका पछिल्लो समय दुङ्गे धारा बोलको गीत निकै चर्चित छ । त्यसबाहेक घडी, नैना रेशम लगायत केहि भजनहरु पनि चर्चित बन्न पुगे । कतिपय चर्चित गायक गायिकाहरु विदेश पलायन भैरहेका बेला खड्का विदेश बाटै गीत गाएर दिन प्रतिदिन चर्चित बनिरहेका छन् । यसले जहाँ र जस्तो सुकै अबस्थामा पनि संगीत साधना गर्न सकिन्छ भन्ने संदेश दिएको छ, त्यसैले भनिएको हो ‘सूर्योदयको देशबाट उदाएका सूर्य’ भनेर ।