१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र विपक्षी डेमोक्रेटिक पार्टी फर द पिपल (डीपीपी)बीच आयकर लाग्ने सीमा १७ लाख ८० हजार येनसम्म बढाउने सहमति भएको छ।

बिहीबार भएको यो सहमतिसँगै आगामी आर्थिक वर्ष २०२६ को बजेटमाथि हुने छलफलमा डीपीपीको समर्थन सुनिश्चित भएको छ।

गत अक्टोबरमा भएको तल्लो सदन निर्वाचनमा आयकर सीमा बढाउने एजेन्डा अघि सार्दै डीपीपीले सिट संख्या चार गुणा बढाएपछि सुरु भएको एक वर्ष लामो छलफल यस सहमतिसँगै टुंगिएको हो।

यसले सरकार र डीपीपीबीच आगामी दिनमा थप सहकार्यको सम्भावना पनि देखाएको जापान टाइम्सले जनाएको छ ।

प्रधानमन्त्री तथा एलडीपीकी अध्यक्ष साने ताकाइचीसँगको भेटपछि डीपीपीका नेता युइचिरो तामाकीले पत्रकार सम्मेलनमा ‘मिसन पूरा भयो’ भन्दै सहमतिप्रति खुशी व्यक्त गरे ।