१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको फुकुओका शहरस्थित एक व्यावसायिक केन्द्रमा दुई जनामाथि छुरा प्रहार गरेको आरोपमा ३० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

फुकुओका प्रान्तीय प्रहरीले सोमबार दिएको जानकारीअनुसार आइतोशिमा निवासी नाओया यामागुचीलाई हत्या प्रयासको अभियोगमा नियन्त्रणमा लिइएको हो।

आइतबार भएको घटनामा २० वर्षीया एक महिला र ४० वर्षीया एक पुरुष घाइते भएका थिए।

दुवै जना हाल होसमा रहेको प्रहरीले जनाएको छ। घटनापछि फरार भएका अभियुक्तलाई खोजीपछि पक्राउ गरिएको हो।

घाइते महिला आओकायामा प्रान्तको कुराशिकी निवासी २७ वर्षीया एक निजी कम्पनीकी कर्मचारी हुन् भने घाइते पुरुष फुकुओकाका ४४ वर्षीय कर्मचारी हुन्।

महिला घटनास्थल नजिकै रहेको मिजुहो पे–पे डोम फुकुओकामा आयोजित कार्यक्रममा सहभागी हुन गएकी थिइन्।

पुरुष भने सोही व्यावसायिक केन्द्रभित्र रहेको आइडल समूह एचकेटी–४८ को थिएटरका कर्मचारी हुन्।

पीडित महिलाले आक्रमणकारीलाई नचिनेको बताएकीले प्रहरीले अन्धाधुन्ध आक्रमण भएको हुन सक्ने आशंकामा थप अनुसन्धान गरिरहेको छ।