१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई पुनः पक्राउ गरेको छ।

उनका परिवार तथा नर्गेस फाउन्डेसनका अनुसार उनलाई हिंस्रक ढंगले गिरफ्तार गरिएको हो।

नर्गेस फाउन्डेसनले जनाएअनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मसादबाट नियन्त्रणमा लिइएको हो ।

उनलाई अन्य अधिकारकर्मीहरूसँगै पक्राउ गरिएको बताइएको छ। पक्राउका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाइएको छ।

मोहम्मदीको गिरफ्तारी लगत्तै नोबेल कमिटीले कडा प्रतिक्रिया जनाएको छ। कमिटीले एक विज्ञप्ति जारी गर्दै नर्गेस मोहम्मदीको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

नोबेल कमिटीले इरानी अधिकारीहरूसँग अपिल गर्दै भनेको छ, ‘मोहम्मदीलाई हाल कहाँ राखिएको छ, त्यसको जानकारी तत्काल दिइयोस्। उनको सुरक्षा र सम्मान सुनिश्चित गर्दै उनलाई विनासर्त रिहा गरियोस्।’

यद्यपि, इरान सरकारको तर्फबाट यस विषयमा हालसम्म कुनै आधिकारिक टिप्पणी सार्वजनिक भएको छैन।

नर्गेस मोहम्मदी लामो समयदेखि इरानमा महिला अधिकार र मानव अधिकारका पक्षमा वकालत गर्दै आएकी छन्।