बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल खेल्नु अगावै ‘प्लेअफ’मा पुगेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले आज साबिक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै ‘प्लेअफ’मा स्थान सुरक्षित गरेको हो ।
यस जितमा विनोद भण्डारी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहरा बलिङ चम्किए ।
जितका लागि १४६ रनको चुनौती पछ्याएको सुदूरपश्चिमले १७ दशमलव चार ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
एक रन जोड्दा दुई विकेट गुमाएपछि धर्मराएको सुदूरपश्चिमलाई विनोद र इशानले सम्हाले । यी दुवै ब्याटरबीच ९२ रनको साझेदारी भयो । इशान ५६ तथा विनोद ४२ रनमा आउट भए ।
बलिङमा जनकपुरका सदाकतले दुई तथा सञ्जय र आदित्यले समान एक/क विकेट लिए ।
यसअघि जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो ।
जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी इटनले ३९ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।
सुदूरपश्चिमले लगातार पाँच जितसहित १० अङ्क बनाएको छ ।
जनकपुरको यो लगातार चौथो हार हो ।
अङ्कको खाता खोल्न नसकेको जनकपुर पुछारमा छ । अब उसको ‘प्लेअफ’ को सम्भावना गणितीय आधारमा मात्र बाँकी छ ।