१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको खेलमा विराटनगर किङ्ग्स र काठमाडौं गोर्खाज विजयी भएका छन् । 

विराटनगरले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको हो ।

विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङमा विराटनगरले जित निकालेको हो ।

कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

विराटनगरका ओपनर लोकेस बमले ६ रन र जर्ज मुन्से शून्यमा आउट हुँदा दबाबमा परेको विराटनगरका लागि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन मात्रै बनाए ।

त्यसपछि आएका अहमलले उत्कृष्ट ६२ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । विराटनगरका लागि नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण योगदान दिए ।

विराटनगरसामु जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो ।

अहमदले पाँचौं बलमा छक्का प्रहार गर्दै विराटनगरको जीत सुनिश्चित गरे ।

१४औं ओभरसम्म सुस्त गतिमा रन बनाएका विराटनगरले त्यसपछि भने गति बढाएको थियो । विराटनगरले अन्तिम पाँच ओभरमा दुई विकेट गुमाउँदै ७१ रन बनाएको थियो ।

कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई÷दुई विकेट लिए भने पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

यस्तै, आजै भएको पहिलो खेलमा काठमाडौं गोर्खाज चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो ।

जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो ।

उसका देव खनाल र रवी बोपराले समान २१/२१ तथा सोहेल तनभिरले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

काठमाडौंका राशिद खानले तीन, कप्तान करण केसी, साशब आलम र मिलिन्द कुमारले दुई/दुई विकेट झारे ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भएको हो ।

जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई, रञ्जित कुमारले दुई विकेट हात पारे ।