बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। नेपाल पत्रकार महासंघ जापान शाखाको निर्वाचनमा उपाध्यक्ष रबिन्द्र श्रेष्ठ (गोर्खाली) अध्यक्ष पदमा बिजयी भएका छन्।
आइतवार टोकियोमा सम्पन्न भएको अधिबेशनमा अध्यक्ष पदका अर्का प्रत्यासी राजन गौतमलाई पछि पार्दै रबिन्द्र श्रेष्ठ बिजयी भएका हुन्। कुल खसेको ७७ मतमा श्रेष्ठले ४४ र गौतमले ३२ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्ष पदका तीन उमेद्वार मध्ये क्योदाई न्यूज डट कमका कार्यकारी सम्पादक मनिषा चाम्लागाई बिजयी भएकी छिन। सोही पदका लागि उम्मेद्वारी दिएका गोकर्ण अधिकारी र बिनोद सापकोटालाइ पछि पार्दै चाम्लागाई उपाध्यक्ष पदमा बिजयी भएकी हुन्।
चम्लागाईले ३० मत प्राप्त गर्दा उपाध्यक्षका अर्का प्रत्यासी अधिकारीले २८ र सापकोटाले १९ मत मात्र प्राप्त गरे। अधिकारीलाइ दुइ मतले पछि पार्दै चम्लागाई उपाध्यक्षमा सुरक्षित बनेकी हुन्।
त्यसैगरी महिला उपाध्यक्ष पदका लागि उमेद्वारी दिएकी लक्ष्मी पौडेल बिजयी भएकी छिन। सोही पदमा उम्मेद्वारी दर्ता गरेकी सजिना मोक्तान १३ मतले पछि पार्दै पौडेल बिजयी भएकी हुन्। पौडेलले ४५ मत प्राप्त गर्दा मोक्तानले ३२ मत मात्र प्राप्त गरिन।
त्यसैगरी सचिब पदमा उम्मेद्वारी दिएका क्योदाई न्यूजका सह-सम्पादक अर्जुन लामिछाने बिजयी भएका छन्। लामिछानेले ४५ मत प्राप्त गर्दा अर्का प्रत्यासी बिश्वास आचार्यले ३२ मत मात्र प्राप्त गर्न सके।
त्यस्तै खुल्ला सह-सचिब पदमा बिष्णु सापकोटा र समाबेसी सह-सचिबमा फुर्बा शेर्पा निर्बिरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा नागोयाका भुलबहादुर राना निशान निर्बिरोध निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरि र बिनोद ढकाल निर्बिरोध निर्वाचित भएको निर्वाचन संयोजक खगराज गौतमले जानकारी दिए।
अघिल्लो अधिबेसन सम्म अध्यक्ष र उपाध्यक्ष पदका लागि मात्रै निर्वाचन भएको भएतापनि यसपटक अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष र सचिब पदका लागि निर्वाचन भएको थियो। यति धेरै पदका लागि निर्वाचन भएको पत्रकार महासंघ जापान शाखाको इतिहाँसमै पहिलो पटक हो।