१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पोल्यान्डको राजधानी वार्सामा मङ्गलबार बिहान दुई ट्राम र एउटा बस आपसमा ठोकिँदा २३ जना घाइते भएका छन् ।

दुर्घटना स्थानीय समय अनुसार बिहान ७ः५० बजे सोलिड्यारिटी एभिन्युमा, म्युजियम अफ इन्डिपेन्डेन्स नजिक बैङ्क स्क्वायर र ओल्ड टाउनको बीच भागमा भएको हो ।

ट्राम लाइन ४ ले बस लाइन १६० लाई ठोक्किएपछि बस अर्को टेक्निकल रनमा रहेको ट्राममा गएर ठोकिएको बताइएको छ ।

घाइतेमध्ये १७ जनालाई अस्पताल पुर्‍याइएको छ, भने ६ जनाको घटनास्थलमै प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण मुख्य सडक तथा ट्राम सेवामा ठूलो अवरोध आएको थियो ।

केही ट्राम मार्गहरू परिवर्तन गरिएका थिए, र आसपासका सडकको केही हिस्सा अस्थायी रूपमा बन्द गरिएको थियो ।