१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा आठ जनाको मृत्यु भएको छ । साथै अन्य नौ जना घाइते भएका वासित प्रान्तका एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै शनिबार एएफपीले जनाएको छ ।

शनिबार खेसान गाउँमा बेदुइन जनजातिका सदस्यहरू बीच कृषि जग्गाको विषयलाई लिएर विवाद शुरू भएको एक जना अधिकारीले नाम नबताउने  सर्तमा पुष्टि गरे ।

अधिकारीले विवादमा संलग्न व्यक्तिहरू मध्येका केही मानिसहरूको मृत्यु तथा घाइते भएको समेत पुष्टि गरेका छन् ।

उक्त क्षेत्रमा स्थिति समाधानका लागि धेरै सङ्ख्यामा सुरक्षा अधिकारीहरू तैनाथ गरिएको भएता पनि झडप भने अझै बन्द नभएको जनाइएको छ ।

इराकमा लामो समयदेखि स्थानीय आदिवासी समुदायका बीचमा वेमेलका कारण पटक-पटक झडप हुने गरेको तथा युद्धले ग्रस्त देशमा सामान्य विषयमा घातक झडपहरू हुने गरेको जनाइएको छ ।