१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको चिवामा ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ बनाउन सहयोग जुटाउने उद्देश्यले ‘टोकियो सप्ताह ‐२०२५’को आयोजना गरिएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आयोजना गरेको सप्ताहमा पण्डित दीनबन्धु पोखरेलले पुराण वाचन गरिरहेका छन् । सप्ताहमा महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले हरेक दिन विहान बौद्धिक विधिद्वारा महायज्ञको सुरुवात गर्दै आएका छन् ।


गत नोभेम्बर ८ तारिख देखि १५ तारिखसम्म हुने सप्ताहमा जापानवासी नेपाली समुदायको उल्लेख्य उपस्थिति रहँदै आएको एनआरएनए जापानका प्रवक्ता रबिन शर्माले बताए । टोकियोसहित ओसाका, नागोया, फुकुओका लगायत क्षेत्रमा बस्ने नेपालीहरु पुराणमा उपस्थित रहेको शर्मा बताउँछन् ।


सप्ताह पुराणमा बुधबारसम्म दाताहरुबाट चार करोड, ८६ लाख, ५० हजार पाँच सय ८० येन रकम संकलन भएको नेपाली घरका परिकल्पनाकार तथा एनआरएनए जापानका निर्वतमान अध्यक्ष नबिन नीउरेले जानकारी दिए । दाताहरुले नगद, चेक, क्रडिट कार्ड तथा अनलाइनबाट दान गरिरहेको एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले बताए ।

तस्वीरहरु ः मनिषा चम्लागाईँ