१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

​एजेन्सी । अमेरिकामा जारी शटडाउनका कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ ।

सङ्घीय उड्डयन प्रशासन (एफएए)ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् ।

सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन् ।

देशका व्यस्त विमानस्थलहरूमा देखिएको अव्यवस्थाले लामो समयदेखि चलिरहेको सङ्घीय बन्दको असर झन् गहिरो बनाएको छ । यात्रुहरूका गुनासा बढिरहेका छन् ।​

फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार रद्दका साथै लगभग ६ हजार उडानहरू पनि डिले भएका छन् । यो संख्या शुक्रबार डिले भएका ७ हजार उडानहरूभन्दा कम हो।

संघीय उड्डयन प्रशासन (एफएए)ले यसैसाता हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिना काम गर्ने कारणले ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशतले घटाउने घोषणा गरेको थियो ।

नियन्त्रकको अभावले उडानहरूलाई उल्लेखनीय रूपमा असर गरेको छ।

हवाई ट्राफिक नियन्त्रकहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका छन् ।

अमेरिकी संसदको हाउस अफ कंग्रेसमा रिपब्लिकन र डेमोक्र्याटहरू अझै पनि यस मुद्दामा सहमतिमा पुग्न असमर्थ छन् र यस वर्षको अक्टोबर १ मा शुरू भएको सटडाउन जारी छ।