बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । टर्कीको बोड्रम रिसोर्ट नजिकैको एजियन सागरमा डुङ्गा पल्टिँदा कम्तीमा १४ आप्रवासीको मृत्यु भएको स्थानीय गभर्नरको कार्यालयले शुक्रबार जनाएको छ।
‘उक्त दुर्घटनामा १४ जना गैरकानूनी रूपमा आएका आप्रवासीहरूको मृत शरीर फेला परेको छ,’ मुग्ला प्रान्तको गभर्नरको कार्यालयले एक्समा जनाएको छ।
घटनाबारे तटरक्षकलाई शुक्रबार बिहान आपतकालीन सहयोगका लागि जानकारी गराइएको तर सहयोगका लागि टोली पुग्दा धेरै जनाले ज्यान गुमाइसकेको बताइएको छ।
उद्धारकर्मीले दुई जीवित व्यक्तिलाई उद्धार गरेका छन् । उनीहरूमध्ये एकले भने, ‘डुङ्गामा १८ जना सवार थिए, डुङ्गामा पानी पस्न थालेको १० मिनेटपछि डुङ्गा डुबेको घटनामा पौडी खेली जीवन जोगाउन सफल भएका हौं ।’
उनी पौडी खेल्दै सेलेबी टापुमा उत्रन सफल भएका थिए।
बाँचेका मध्ये एक जना अफगानी नागरिक रहेको गभर्नरको कार्यालयले जनाएको छ भने जीवित अर्का एक र मृतक सबैको राष्ट्रियता अहिलेसम्म खुलाइएको छैन ।
हेलिकप्टर र एक विशेषज्ञ गोताखोर टोलीले बाँकी दुई आप्रवासीहरूको खोजी गरिरहेको छ ।