१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गाजामा अझै बेपत्ता अवस्थामा रहेको भनिएका १९ जना बन्धकको अवशेष खोज्न सहयोग गर्ने टर्कीको रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसका लागि ८१ जना विपद् राहत विज्ञलाई गाजातर्फ पठाइएको छ ।

‘उनीहरूले अहिलेसम्म बेपत्ता रहेका १९ जना बन्धकको अवशेष फेला पार्न मद्दत गर्नेछन्,’ रक्षा मन्त्रालयको स्रोतले जानकारी दिएको छ, ‘त्यहाँ पहिले नै ८१ जना एएफएडी कर्मचारीहरूको टोली छ ।’

विपद् व्यवस्थापन प्राधिकरण (एएफएडी) टर्कीको गृह मन्त्रालय अन्तर्गत एक निकाय हो ।

एएफएडीले भनेको छ, ‘प्राधिकरणले मानवीय सहायता पुर्‍याउने, मृतकको अवशेष खोज्ने र युद्धविरामको अनुगमन गर्ने छ।’

टर्कीको सैन्य बल संलग्न हुन सक्छ कि भनेर सोधिएको प्रश्नमा स्रोतले भन्यो, ‘एएफएडी जस्ता नागरिक संस्थाहरूको काम बढी हुनेछ, तर सिद्धान्तमा सेनाले आवश्यक परेमा मद्दत गर्न सक्छ।’