१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । शनिबार राति पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा तीव्र गोलीबारी भएको छ।

यसअघि यसै साताको शुरूमा पाकिस्तानले काबुलमा हवाई आक्रमण गरेको घटनापछि अफगान तालिबान लडाकुहरूले पाकिस्तानी चौकीहरूमा हमला गरेको दुवै देशका सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्।

पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार अफगानिस्तानतर्फबाट भएको ‘उत्तेजनाविहीन आक्रमण’ को जवाफमा पाकिस्तानी सेनाले ‘पूर्ण बलका साथ’ प्रत्याक्रमण गरेको हो। उनीहरूले सीमाको ६ भन्दा बढी स्थानमा गोलीबारी भएको बताएका छन्।

तालिबान फौजले तीनवटा पाकिस्तानी चौकी कब्जा गरेको दाबी गरेको छ भने पाकिस्तानी अधिकारीहरूले आफैंले अफगान सेनाका केही पोस्टहरू ध्वस्त पारेको बताएका छन्।

पाकिस्तानी अधिकारीहरूले सार्वजनिक गरेको भिडियो फुटेजमा अफगानिस्तानतर्फ बन्दुक र तोपको भीषण फायरिङ देखिएको छ, जसले रातको आकाश उज्यालो बनाएको थियो।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराज्मीका अनुसार यो कारबाही पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरेको प्रतिकार स्वरूप गरिएको सीएनएनले जनाएको छ ।