बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापानमा बिदेशी ब्यबसायीहरुले कम्पनी खोल्न कठिन हुनेभएको छ। सरकारले बिदेशी ब्यबसायीहरुलाइ लक्षित गरि कम्पनी खोल्ने नियमहरुमा कडाइ गरेसंगै बिदेशी ब्यबसायीहरुलाइ जापानमा कम्पनी खोल्न कठिन हुने भएको हो।
अहिले सम्म बिदेशीहरुले जापानमा कम्पनी खोल्न कम्तिमा ५० लाख कुल पुंजी भए पुग्ने थियो तर सरकारले त्यसलाई बढाएर ३ करोड बनाएको छ । त्यसैगरी अब जापानमा कम्पनी खोल्नका लागि कम्तिमा N2 लेभलको भाषा हुन अनिवार्य गरिएको छ।
त्यसैगरी कम्पनी खोल्नका लागि ३ बर्षको म्यानेजमेन्ट अनुभव वा म्यानेजमेन्ट बिषयमा मास्टर्स गरेको हुनपर्नेछ। त्यसैगरी कम्पनी खोलेपछि १ जना स्थायी कर्मचारी अनिवार्य राख्नुपर्ने व्यवस्था समेत गरेको छ। सरकारले तोकेको भाषा स्किल्स (N2) नभएका कर्मचारीलाइ स्थायी कर्मचारीका रुपमा गणना नगरिने पनि नया नियममा उल्लेख गरिएको छ।
कानून मन्त्रालय अन्तर्गतको अध्यागमन बिभागले जारी गरेको सूचना अनुसार जापानी नागरिक र बिशेष पिआर होल्डर बाहेक सबै बिदेशी ब्यबसायीहरुका हकमा नया नियम लागु हुनेछ।
पिआर लिएर बसेका, जापानी नागरिक संग बिहे गरेका वा पिआर वालाको डिपेण्डेण्टमा बसेका बिदेशीहरुले पनि नया नियम अनुसार कम्पनी खोल्न वा संचालन गर्न पर्नेछ। माथि उल्लेखित भिषा स्टाटस भएका व्यक्तिहरुले कम्पनी खोल्न या त २० बर्ष भन्दा बढी जापान बसेको हुनुपर्नेछ या त N2 वा सो सरहको परिक्षा उत्तीर्ण गर्नुपर्नेछ।
हाल संचालनमा रहेका कम्पनी पनि प्रभावित
नया नियम लागु भएको ३ वर्ष सम्ममा अहिले संचालन भैरहेका कम्पनीहरु पनि हाल व्यवस्था गरिएको ढांचामा परिवर्तन हुनुपर्ने छ। यदि कसैले केही बर्ष पहिलेनै ५० लाख मूल पुंजीमा कम्पनी खोलेर चलाइरहेको छ भने अबको ३ बर्ष सम्ममा कम्पनीको मूल पुंजी ३ करोड पुर्र्याउन पर्नेछ।
त्यसैगरी कम्पनीका प्रमुखहरुले अनिवार्य रुपमा N2 लेभलको भाषा परिक्षा पास हुनुपर्नेछ या त N2 लेभलको भाषा पास गरेको बिदेशी कामदारलाइ स्थायी रुपमा नियुक्त गर्नुपर्नेछ।
अहिले संचालनमा रहेका कम्पनीहरुले नया नियम अनुसार ब्यबस्थापन गर्न नसकेको खण्डमा भिषा नबिकरण नहुने जोखिम रहेकाले हाल संचालनमा रहेका बिदेशीका कम्पनीहरु नया नियमको मारमा पर्ने भएका हुन्।
जापानले यहि महिनाको १६ तारिख बाट नया नियम लागु गर्न लागेको छ।